अनुदान लिन दुग्ध सहकारीलाई आवेदन माग

अनुदान लिन दुग्ध सहकारीलाई आवेदन माग :: Sahakari Akhabar

काठमाडौं । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेश हेटौडेले दूध उत्पादनमा आधारित अनुदान दिन आवेदन माग गरेको छ । निर्देशनालयले माघ २३ गते सूचना जारी गरि ३० गतेभित्र अनुदानका लागि आवेदन दिन माग गरेको हो । मापदण्ड पूरा गरेका दूग्ध उत्पादक सहकारी संस्थालाई आवेदन दिन निर्देशनालयले माग गरेको हो ।

सहकारीमा दूध बिक्री गरिरहेका किसानलाई अनुदान दिन निर्देशनालयले सहकारीलाई आवेदन दिन भनेको हो । सहकारी संस्था दर्ता तथा नवीकरण गरेको प्रमाणपत्रको प्रतिलिपि, प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि, २०७७/७८ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक वर्ष २०७७/७८ मा वार्षिक साधारणसभा भएको प्रमाण, आव २०७७÷७८ को लेखापरीक्षण (दूध बिक्री र खरिद खुल्ने विवरण) प्रतिवेदन बुझाउनुपर्ने छ ।

दूध खरिद गर्ने संस्थाको लेटरप्याडमा दूध बिक्री गरेको प्रमाण, कृषकबाट खरिद, भुक्तानी गरेको प्रमाण, हालसम्म कुनै कारवाहीमा नपरेको स्वघोषणा, मिल्क एनालाइजर प्रयोग गरेको प्रमाण सहित रु १० को हुलाक टिकट टाँस गरेको आवेदनपत्र दिन निर्देशनालयले भनेको छ । दूध उत्पादनमा आधरित अनुदान कार्यविधि २०७५ (छैठो संशोधन) अनुसार विगत तीत वर्षदेखि प्रदेश सरकारले उत्पादनका आधारित दूधमा अनुदान दिइरहेको छ ।



Leave a comment