रमाईलो जनएकता साकोसको एकिकरण पश्चातको सेवा सुरु

रमाईलो जनएकता साकोसको एकिकरण पश्चातको सेवा सुरु :: Sahakari Akhabar

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा रहेको रमाईलो जनएकता बचत तथा ऋण सहकारी संस्थाले आफ्नो एकिकरण पश्चातको सेवा आजदेखि सुचारु गरेको छ । माघ ९ गते रमाईलो बचत तथा ऋण सहकारी संस्था र जनएकता बचत तथा ऋण सहकारी संस्था एकिकरण भएका थिए ।

एकिकरण पश्चात रजिष्टार कार्यालय इटहरीबाट प्रमाणपत्र लिएसँगै दुवै सहकारीको हिसाव मिलान गरी सम्पूर्ण काम सम्पन्न भएपछि आजदेखि कार्यालय सञ्चालन गरिएको सहकारीका अध्यक्ष भोला अधिकारीले जानकारी दिनुभयो ।

माघ २ गते संयुक्त रुपमा साधारण सभा गरेपछि सहकारीले कार्यालय बन्द गरेर सेवा स्थगित गरेको थियो । एकिकरण पश्चात गाउँपालिकाको सबैभन्दा ठूलो सहकारी भएको छ । समुदायमा आधारित रहेका दुवै सहकारीले अब पनि समुदायमा नै आधारित भएर शेयर सदस्यलाई सेवा दिने जनाएको छ ।



Leave a comment