शिव शिखर सहकारीको कीर्तिपुर शाखामा पनि एटिएम सेवा सुरु

शिव शिखर सहकारीको कीर्तिपुर शाखामा पनि एटिएम सेवा सुरु :: Sahakari Akhabar

भक्तपुर ।  शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको गार्डेनमार्ट कीर्तिपुर शाखामा एटिएम सेवा पनि सुरु भएको छ । मंगलबार कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश मर्हजनले एटिएम सेवाको उद्घघाटन गरेका हुन् ।

कौशलटारमा मुख्य कार्यालय रहेको संस्थाले धमाधम एटिएम सेवा संचालन गर्न थालेको छ । संस्थाले संचालन गरेको गार्डेन मार्ट तथा सम्पूर्ण सेवा केन्द्रमा एटिएम बुथ समेत राखेर सेवा दिने संस्थाका मुख्य ब्यवस्थापक लिलानाथ गौतमको भनाई छ । अन्य बैंक तथा वित्तीय संस्थाको एटिएम बुथमा पनि संस्थाको एटिएम कार्ड प्रयोग गर्न सकिने मुख्य प्रवन्धक गौतमले बताए ।

साथै संस्थाले माघ महिना भित्र देशको १३ वटा स्थानबाट एटिएम सेवा दिने जनाइएको छ । मुलुकका विभिन्न २३ स्थानमा आफ्ना सेवा केन्द्र विस्तार गरेको संस्थाले शेयर सदस्यलाई सरल र सहज वित्तीय सेवा दिन यस अगाडि नै मोबाइल एप समेत सञ्चालनमा ल्याइसकेको छ । 
 



Leave a comment