काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो । सरकाले दुधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६।०४ रुपैयाँ कायम गरेको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । किसानहरुले दुधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए । आफूहरुको माग पूरा नभएर आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका थिए ।
केन्द्रीय दुग्ध सहकारी संघले प्रतिलिटर दूधमा १० रुपैयाँ मूल्य बढाउन माग गरेको छ । दूधको मूल्य बढ्न नसक्दा किसान पलायन हुन थालेको भन्दै संघले यथाशिघ्र दूधको मूल्य बढाउन माग गरेको थियो। २०७८ कार्तिकदेखि नै दूधको मूल्य बढाउन गृहकार्य भइरहेको संघका महासचिव रामप्रसाद आचार्यको भनाई छ ।
३ वर्षदेखि दूधको मूल्य वृद्धि नहुनु, पशुहरुलाई खुवाउने पराल, दाना, चोकर, औषधिलगायतको मूल्य अत्याधिक बढेको भन्दै संघले मूल्य बढाउन माग गरेको थियो। संघका १ हजार ८ सय ७२ दूग्ध उत्पादक सहकारीमा ५ लाख कृषक आबद्ध छन् ।
यो पनि पढ्नुस्
Leave a comment