ललितपुर बचत संघको नाफा बढ्यो, बचत घट्यो

ललितपुर बचत संघको नाफा बढ्यो, बचत घट्यो :: Sahakari Akhabar

ललितपुर । ललितपुर बचत तथा ऋण सहकारी संघले त्रैमासिक वित्तीय बिवरण सार्वजनिक गरेको छ । संघले सार्वजनिक गरेको त्रैमासिक बिवरणले संघ अर्बको क्लवमा रहेको देखिएको हो ।

संघको पुस मसान्तसम्म सेयर पुँजी ७ करोड ८ लाख ५४ हजार ३ सय रुपैयाँ पुगेको छ । आश्विनसम्म संघको सेयर पुँजी ६ करोड ७६ लाख ९० हजार ४ सय रुपैयाँ थियो ।

संघले १ अर्ब ४७ करोड ६ लाख ६५ हजार ३ सय ८५ रुपैयाँ बचत संकलन गरी १ अर्ब ३३ करोड १९ लाख ६१ हजार ६ सय रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

आश्विनसम्म संघले १ अर्ब ७१ करोड ७१ लाख ८७ हजार ५ सय ५४ रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २९ करोड ८१ लाख ९८ हजार ५ सय ५४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

संघको आश्विनसम्म १ करोड ५१ लाख ४५ हजार ९ सय ९ रुपैयाँ नाफा गरेकोमा तीन महिनामा बढेर ३ करोड २६ लाख ७२ हजार १ सय २७ रुपैयाँ नाफा भएको छ ।

सहकारी बैंक पछि त्रैमासिक वित्तिय बिवरण प्रकाशनको सुरुवात गर्ने ललितपुर बचत संघ पहिलो हो । संघले गत आश्विनदेखि त्रैमासिक रुपमा बिवरण सार्वजनिक गर्दै आएको छ ।

सहकारीहरु पारदर्शी हुन नियमित बित्तिय बिवरण सर्वजनिक गर्नुपर्ने बचत संघका अध्यक्ष रामहरी बजगाई बताउँछन् । वित्तिय कारोबार गर्ने संस्थाले अनिवार्य बिवरण सार्वजनिक गर्नुपर्ने बजगाइको भनाइ छ ।



Leave a comment