दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ नबढे संघले आन्दोलन गर्ने 

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ नबढे संघले आन्दोलन गर्ने  :: Sahakari Akhabar

काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघले प्रतिलिटर दूधमा १० रुपैयाँ मूल्य बढाउन माग गरेको छ । दूधको मूल्य बढ्न नसक्दा किसान पलायन हुन थालेको भन्दै संघले यथाशिघ्र दूधको मूल्य बढाउन माग गरेको हो ।

२०७८ कार्तिकदेखि नै दूधको मूल्य बढाउन गृहकार्य भइरहेको अझैसम्म मूल्य नबढ्ना कृषक टिक्न मुश्किल भएको संघका महासचिव रामप्रसाद आचार्यले विज्ञप्ति जारी गरेका छन् । दूधमा मूल्य वृद्धि नहुँदा आत्मनिर्भर हुने अवस्थाबाट विमुख भई दूधको आयात बढ्ने विज्ञप्तिमा जनाइएको छ ।

३ वर्षदेखि दूधको मूल्य वृद्धि नहुनु, पशुहरुलाई खुवाउने पराल, दाना, चोकर, औषधिलगायतको मूल्य अत्याधिक बढेको भन्दै संघले मूल्य बढाउन माग गरेका हुन् । संघका १ हजार ८ सय ७२ दूग्ध उत्पादक सहकारीमा ५ लाख कृषक आबद्ध छन् । तत्काल दूधको मूल्य वृद्धि नहुने भए संघले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।



Leave a comment