जनकल्याण साकोसको निर्वाचन सहितको साधारण सभा सम्पन्न

जनकल्याण साकोसको निर्वाचन सहितको साधारण सभा सम्पन्न :: Sahakari Akhabar

चितवन । भरतपुरको जनकल्याण बचत तथा ऋण सहकारी सस्थाको २५ औ बार्षिक साधरण सभा एबम ९ औं अधिवेशन सम्पन्न भएको छ । अबिधेशनबाट अध्यक्षमा लालकृष्ण भण्डारी चयन भएका छन् ।

त्यसैगरी समितिको उपाध्ययक्षमा शिवप्रसाद न्यौपाने, सचिवमा हरिबहादुर आचाय, सह सचिवमा लालुमाया अधिकारी र कोषाध्यक्षा खेमबहादुर के.सी. चयन भएका छन् । साथै सदस्यमा डिल्लीराम भूर्तेल, नारायण प्रसाद अधिकारी, सुकमाया महतो सविना, शशिमाया श्रेष्ठ र शंक जोशी चएन भएका छन् ।

निर्वाचनले लेखा समितिमा संयोजकमा प्रेमबहादुर भण्डारी तथा सदस्यमा जीवन अर्याल र अम्विका कुमारी पौडेललाई चयन गरेको छ । सभाले विभिन्न उपसमितिसमेत चयन गरेको छ ।

ऋण  उपसमितिको संयोजकमा नारायणप्रसाद अधिकारी, अनुगमन उपसमितिको संयोजकमा कुलनारायण श्रेष्ठ र शिक्षा उपसमितिको संयोजकमा कोमलकान्त पौडेल मनोनयन भएका छन् । निर्वाचितलाई भरतपुर महानगरपालिका वडा नं.२७ का वडा अध्यक्षा गोविन्द तमाङले प्रमाणपत्र बितरण गरेका थिए । 



Leave a comment