काठमाडौं । कौशलटारमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले ईटेलर सेवा सुरु गरेको छ । संस्थाले आज माघ १२ गतेदेखि मुख्य कार्यालय तथा संस्थाका देशभर रहेका २३ वटै सेवाकेन्द्र मार्फत उक्त सेवा सुरु गरेको हो ।
संस्थाका सदस्यले अव नगदको कारोबार गरिरहनु नपर्ने भएको छ । सदस्यले ईटेलर (चेक र भौचर) बिना कारोबार गर्न सकिने संस्थाका मुख्य प्रवन्धक लिलानाथ गौतमले बताए । सदस्यले कार्यालयमा आएर क्यूआर कोर्ड स्क्यानिङ गरि बचत राख्न र झिक्नसक्ने सेवा सुरु गरेको हो ।
साथै संस्थाले आफ्ना सेवा केन्द्रमार्फत एटीएम सेवा पनि दिइरहेको छ । संस्थाले छ वटास्थानबाट संस्थाको एटीएम सेवा सञ्चालन भइरहेको जनाइएको छ । साथै संस्थाले माघ महिना भित्र देशको १३ वटा स्थानबाट एटिएम सेवा दिने जनाइएको छ ।
मुलुकका विभिन्न २३ स्थानमा आफ्ना सेवा केन्द्र विस्तार गरेको संस्थाले शेयर सदस्यलाई सरल र सहज वित्तीय सेवा दिन यस अगाडि नै मोबाइल एप समेत सञ्चालनमा ल्याइसकेको छ । हाल मोबाइल एपका ४ हजार भन्दा बढी प्रयोगकर्ता रहेको संस्थाका मुख्य प्रवन्धक गौतमले बाताए ।

Leave a comment