हाइलाइट

हाम्रो एकीकृत साकोसको स्थापना दिवसमा रक्तदान देखि पुरस्कार सम्म

हाम्रो एकीकृत साकोसको स्थापना दिवसमा रक्तदान देखि पुरस्कार सम्म :: Sahakari Akhabar

काठमाडौं । स्वयम्भुमा मुख्य कार्यालय रहेकको हाम्रो एकीकृत बचत तथा ऋण संस्थाले पाँचौं स्थापना दिवस मनाएको छ । संस्थाले संस्था एकीकरण भएको दिनलाई आधार मानेर स्थापना दिवस मनाउँदै आएको छ ।

संस्थाले माघ ११ गतेलाइ स्थापना (एकीकरण) दिवसको रुपमा  मनाउदै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत योगेद्रकुमार साउदले जनाए ।

संस्थाले साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाएको जनाइएको छ । स्थापना दिवस मूल समारोह समितिका संयोजक एवम् संस्थाका उपाध्यक्ष रामबहादुर कट्वालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकरी संघ(नेफ्स्कूनका अध्यक्ष तथा संस्थाका अध्यक्ष परितोष पौड्यालले संस्थाको उत्कृष्ट वर्ष कर्मचारीका मुख्य सेवा केन्द्रका सेवा केन्द्र प्रमुख शुस्मिता अधिकारी निरौलालाई पुरस्कृत प्रदान गरेका थिए ।

संस्थाले विभिन्न ८ वटा सेवा केन्द्र मार्फत गरेको योगदानका आधारमा पुरस्कृत गरेको छ । त्यसैगरी नेपाल रेडक्रस सोसाइटीको समन्वयमा रक्तदानकार्यक्रम पनि गरेको जनाएको छ । संस्थाले फोहोर व्यवस्थापनकालागि समुदायमा डस्वीन वितरण तथा सरसफाइको कार्य गरेको जनाइएको छ ।



Leave a comment