सुर्खेत । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको वीरेन्द्रनगरमा पाँचौँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ । सहकारीले वीरेन्द्रनगर नगरपालिका–१० मा रहेको सेवाकेन्द्रमा संस्थाले एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।
एटिएमको मंगलवार वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सुरूवात गरेका हुन् । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको संस्थाले आफ्ना सदस्यलाई प्रविधिमैत्री बनाउने उद्देश्यले धमाधम एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।
एटीएम सेवा शुभारम्भ गर्दै नगर प्रमुख सुवेदीले सहकारीले सञ्चालन गर्ने यस्ता प्रविधिमैत्री सेवाले नागरिकलाई सर्वसुलभ र सहज सेवा लिन सहयोग पुग्ने बताएका छन् ।
मुलुकका विभिन्न २४ स्थानमा आफ्ना सेवा केन्द्र विस्तार गरेको संस्थाले शेयर सदस्यलाई सरल र सहज वित्तीय सेवा दिन यस अगाडि नै मोबाइल एप समेत सञ्चालनमा ल्याइसकेको छ । हाल मोबाइल एपका ४ हजार भन्दा बढी प्रयोगकर्ता रहेको संस्थाका मुख्य प्रवन्धक लिलानाथ गौतमले बाताए ।
Leave a comment