प्रगति महिला उत्थान साकोसको १९औं वार्षिक साधारणसभा सम्पन्न

प्रगति महिला उत्थान साकोसको १९औं वार्षिक साधारणसभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । प्रगति महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभामा संस्थाकी अध्यक्ष धनकुमारी श्रेष्ठले आफ्ना सदस्यहरुलाई निरन्तर वित्तीय सेवा उपलब्ध गराई सदस्यहरुको आर्थिक सामाजिक उत्थानमा भूमिका खेल्दै आएको बताइन् ।

सदस्यहरुलाई आत्मनिर्भर बनाउनका निम्ति संस्थाले विभिन्न सीपमूलक तथा आयमूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिइन् ।

संस्थाकी सचिव पार्वती कार्कीले गत आर्थिक वर्ष २०७७/७८ को प्रगति प्रतिवेदन एवं चालु आ.वको प्रस्तावित कार्यक्रम तथा बजेट सभामा प्रस्तुत गरेकी थिइन् ।

ससथाले १०९० महिला सदस्यलाई संस्थामा आवद्ध गराई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाले महिला सदस्यहरुको आयस्तर उकास्नका लागि स्थापनाकालदेखि नै सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।



Leave a comment