शिवशिखर सहकारीको दोस्रो एटिएम मेसिन पोखरा सेवाकेन्द्रमा 

शिवशिखर सहकारीको दोस्रो एटिएम मेसिन पोखरा सेवाकेन्द्रमा  :: Sahakari Akhabar

भक्तपुर । कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले दोस्रो एटिएम मेसिन संस्थाको पोखरा शाखामा राखेको छ । संस्थाले पहिलो एटिएम मेसिन भक्तपुरको कमलबिनायक शाखामा राखेको थियो ।

सदस्यलाई बैंकिङ कारोबारमा सुबिधा प्रदान गर्न र क्याँसलेस कारोबारलाई बढवा दिन संस्थाले एटिएम सेवालाई निरन्तरता दिएको जनाइएको छ । संस्थाले प्रदान गरेको मोबाइल बैंकिङ सेवा ४ हजार बढी सदस्यले प्रयोग गरिरहेको जनाइएको छ ।

सदस्यलाई प्रविधसंग जोड्न यसअघिनै संस्थाको मोवाइल एप सेवा दिइएको र अहिले एटिएम सेवा दिन थालेको संस्थाका मुख्य प्रवन्धक लिलानाथ गौतमले जनाए । सदस्यले संस्थासंग बैंकिङ कारोबारकालागि कार्यालय धाइरहनुपर्ने झन्झटबाट मुक्ति दिलाएको मुख्य प्रवन्धक गौतम  बताउँछन् ।

संस्थाले देशभरिका १३ स्थानमा संचालन गरेको गार्डेन मार्ट भएको स्थानबाट माघ महिना भरिमा  एटिएम सेवा दिने तयारी रहेको मुख्य प्रवन्धक गौतमको भनाइ छ । उनले संस्थाको एटिएम कार्ड प्रयोग गरेर नेपालको जुनसुकै एटिएम मेशिनबाट पनि पैसा निकाल्न सकिने जनाए ।



Leave a comment