सहकारीको ऋण आयआर्जनमै लगाउनुपर्छ : पुन

सहकारीको ऋण आयआर्जनमै लगाउनुपर्छ : पुन :: Sahakari Akhabar

रोल्पा । माडी गाउँपालिका अध्यक्ष नन्दबहाुर पुनले सहकारीको ऋण दुरुपयोग नगर्न आग्रह गरेका छन् । आयआर्जनका लागि ल्याएको ऋण अन्यत्र खर्च नगर्न उनको भनाइ थियो । मिलिजुली साना किसान सहकारी संस्था लिमिटेड माडी २ घर्तिगाउँ रोल्पाको तेस्रो साधारणसभामा बोल्दै पुनले सहकारीबाट लिएको ऋण आयआर्जनमा मात्रै उपयोग गर्नुपर्नेमा जोड दिए ।

सहकारीले किसानका लागि गरेको सकारात्मक कार्यप्रती गाउँपालिकाले सहयोग गरेको उनको भनाइ छ । सहकारीले आय आर्जनमा ध्यान दिन सके सहकारीमार्फत सदस्यको जीवनस्तर सुधार हुने उनको भनाइ छ । 
मिलिजुली सहकारीले एक करोड ८ लाख भन्दा बढी ऋण लगानी गरेको छ ।

सहकारी संस्थाका अध्यक्ष रोहित सिंह घर्तिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै पुनले सहकारीमार्फत आर्थिक संमृद्धि सम्भव भएको बताए ।

कार्यक्रम २ नम्बर वडा अध्यक्ष ललित घर्ती मगर, रेडियो माडी आवाजका स्टेशन म्यानेजर बुद्धिमान वलीलगायतले मन्तव्य व्यक्त गरे । संस्थाका उपाध्यक्ष साउनी घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सदस्य रुपकला घर्तीले गरेकी थिइन् ।



Leave a comment