Sahakari Akhabar

बागेश्वरी सानाकिसान सहकारीमा नयाँ नेतृत्व

बागेश्वरी सानाकिसान सहकारीमा नयाँ नेतृत्व :: Sahakari Akhabar

रामेछाप । बागेश्वरी सानाकिसान कृषि सहकारी संस्थामा नयाँ नेतृत्व चयन भएको छ । खाँडादेवी–१, राकाथुम, रामेछाप स्थित सहकारीको छैठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले खड्प्रसाद श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा राजकुमार श्रेष्ठ, सचिवमा बिनोद कुमार श्रेष्ठ, कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सदस्यमा पदम बहादुर श्रेष्ठ, पुनमाया श्रेष्ठ, बिना श्रेष्ठ, चेतनारायण श्रेष्ठ, इन्द्र बहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा रामकुमार श्रेष्ठ र सदस्यमा सन्दिप श्रेष्ठ, अर्जुन श्रेष्ठ निर्वाचित भएका छन् । ऋण उपसमितिको संयोजकमा मिन कुमार श्रेष्ठ (प्रबिन), सदस्यमा शंकर श्रेष्ठ र कुमार श्रेष्ठ चुनिएका छन् । अनुगमन उपसमितिको संयोजकमा साजन श्रेष्ठ, सदस्यमा मिलन श्रेष्ठ, रामकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यस्तै शिक्षा उपसमितिको संयोजकमा सबिन श्रेष्ठ, सदस्यमा सुरेन्द्र श्रेष्ठ, इन्द्रलाल श्रेष्ठ निर्वाचित भएका छन् । संस्थाको अध्यक्ष रुद्रबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एवं नेकपा एमालेका केन्द्रीय सदस्य माधवप्रसाद ढुंगेलले सहकारीले आर्थिक कारोबारमा मात्र सीमित नभएर सदस्यको आर्थिक विकासका लागि कृषिमा लगानी गर्नुपर्ने बताए । 

अध्यक्ष श्रेष्ठले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै गत आवमा ९० लाख पुँजी सहित ५ सय ८० जना सदस्य पुर्याएको बताए ।  लेखा संयोजक विनोदकुमार श्रेष्ठले वार्षिक लेखा प्रतिवेदन प्रस्तुत गर्दैै चालु आवमा १ करोड शेयर पुँजी बनाउने लक्ष्य लिएको बताए । संस्थाका सदस्य सन्दिप श्रेष्ठले स्वागत मन्तव्य र सचिव सुदिप श्रेष्ठले कार्यक्रम सञ्चालन गरे ।



Leave a comment