Sahakari Akhabar

जिल्ला सहकारी संघ बागलुङको १३ औं वार्षिक साधारणसभा सम्पन्न

जिल्ला सहकारी संघ बागलुङको १३ औं वार्षिक साधारणसभा सम्पन्न :: Sahakari Akhabar

बागलुङ । जिल्ला सहकारी संघ बागलुङको १३ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन संघीय सांसद मन कुमारी जिसी केसीले गरेकी थिइन् ।

जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष अशोक गोबिन्द राजभण्डारीको स्वागत, सचिव तेजेन्द्र थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

संघमा आवद्ध सहकारी संघ÷संस्थाहरुको ११ लाख ७१ हजार शेयर रकम, ३७  लाख ३१  हजार १ रुपैया निक्षेप, ३७ लाख कर्जा लगानी सहित संस्थाको कुल वासलात ६० लाख २२ हजार ३ सय ५३ रुपैया ९३ पैसा रहेको जनाइएको छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसी, नेफ्स्कुनका संचालक चण्डी प्रसाद शर्मा, जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुषालले शुभकामना मन्तव्य राखेका थिए ।

साधारणसभाबाट हुमा कुमारी जि.सी.(अञ्जु) को अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्षमा पिंगला जिसी, सचिवमा दुर्वलकाजी राजभण्डारी, कोषाध्यक्षमा लक्ष्मण चयन भएका छन् ।

त्यसैगरी सञ्चालकहरुमा खिम बहादुर कार्की, युक्तजंग राजभण्डारी, जगन्नाथ सापकोटा, शिव कुमारी खत्री, बृहस्पती कंडेल, चिनिमाया काला र लिलादेवी खड्का चयन भएका छन् । त्यसैगरी लेखा समितिको संयोजकमा मिन बहादुर केसी (मिलन) तथा सदस्यमा कोपिला खरेल र थानेश्वर सुवेदी चयन भएका छन् ।   
     
 



Leave a comment