Sahakari Akhabar

सीतापाइला सहकारीको २२ औं बार्षिक साधारण सभा सम्पन्न

सीतापाइला सहकारीको २२ औं बार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । सीतापाइला बहुउद्देश्यीय सहकारी संस्थाको २२ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले पुस २२ गतेबाट इकाइगत सभा संचालन गरेको थियो ।

सभालाई ६ वटा ईकाइमा बिभाजन गरि क्षेत्रगतरुपमा संपन्न भएको संस्थाको निर्णय प्रमाणिकरण सभा आज २९ गते सम्पन्न भएको हो ।

संस्थाले ईकाइ १ भिमढुंगा क्षेत्र, ईकाइ २ रामकोट क्षेत्र, ईकाइ ३ ईचंगु क्षेत्र, ईकाइ ४ माहानगर क्षेत्र, ईकाइ ५ चन्द्रागिरि क्षेत्र र ईकाइ ६ सीतापाईला क्षेत्रबाट सभा सम्पन्न गरेको हो । सबै ईकाइमा संस्थाका जेष्ठ सदस्यहरुले उद्धधाटन गरेका थिए ।

प्रत्येक ईकाइ सभाबाट छनोट भएर आएका प्रतिनिधिहरुको २९ गते सीतापाईला चक्रपथ चोकमा सम्पन्न भएको संस्थाका अध्यक्ष केदार मानन्धरले जनाए । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि सानो सानो समुह बनाई छलफलमा सहभागिता गराईएको अध्यक्ष मानन्धरले बताए ।



Leave a comment