चीना थापा, विराटनगर । प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारीले सहकारी बैंक सहकारी संस्थाहरुको लागि दुःख सुःखको साथि भएको बताएका छन् । राष्ट्रिय सहकारी बैंकको बुधबार विराटनगरमा सम्पन्न एकाई १ अन्तर्गतको प्रदेश १ को १८ औं साधारण सभालाई सम्बोधन गर्दै भण्डारीले सरकारले अर्थतन्त्रको तीन खब्बे अर्थनिति अन्र्तगत सहकारीलाई एक खम्बा मानेकाले सहकारी अभियानले केही सफलता प्राप्त गरेको बताए ।
सभामुख भण्डारीले सहकारी ऐन संसोधनका लागि आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । संघिय सरकारले बनाएका ऐन नियमले अप्ठ्यारो पारेको खण्डमा आफुले सकेको सहजीकरण गर्ने पनि उनले बताए । विधेयक ल्याउँदा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेर मात्र संसदमा दर्ता गर्न सकियो भने कार्यान्वयनमा सजिलो हुने उनको भनाई छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ का सचिव डा.राम नन्दन तिवारीले मन्त्रालयले दिने अनुदान व्यवस्थापन गर्ने उदेश्यले बनेको कानुनमा बैंकबाट अनुदान दिने व्यवस्था भएपनि कुन बैंक भनेर एकिन नभएको बताउनुभयो । त्यसमा सहकारी बैंक भनेर उल्लेख भएको भए सजिलो हुने र गाउँ गाउँका किसानलाई अनुदान लिन सजिलो हुने उनको भनाई छ ।
प्रदेश सहकारी रजिष्टार कार्यालयका प्रमुख बलराम निरौलाले जुनसुकै प्रकृतिका सहकारी भएपनि बचत तथा ऋणमा नै सिमित भएको अवस्थामा अब उत्पादन र व्यवसायिकतामा आफ्ना सदस्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
बैंकको बचत बढी ऋण लगानी कम भएको अवस्थामा ऋण लगानीको दायरा बढाउनुपर्ने बताउँदै राष्ट्रिय सहकारी बैंकले आफ्नो सेवा सुविधा सबै सदस्यको पहुँचमा पुर्याउनुपर्ने निरौलाले बताए । बैंकबाट ऋण लिन केही अप्ठ्यारो रहेको आशंका गर्दै रजिष्टार निरौलाले सबैको पहुँचमा पुग्न सकेमा मात्र बैंकले सफलता पाउने बताए ।
सहकारी बैंकका अध्यक्ष केवी उप्रतिको अध्यक्षतामा भएको साधारण सभामा बैंकमार्फत उत्कृष्ट कारोबार गर्ने नियम कारोबार गर्ने सहकारी संस्थालाई सम्मान गर्नुका साथै असल ऋणको कारोबार गर्ने संस्थालाई ग्रिनगार्ड पनि प्रदान गरेको थियो ।
उत्कृष्ट कारोबार गर्नेमा लाभान्वित बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगर, गार्खा बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरान सुनसरी, हिमाल बचत तथा ऋण सहकारी संस्था लि. इलाम छन् ।
त्यसैगरी लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि. पथरी शनिश्चरे मोरङ, चिरायु बचत तथा ऋण सहकारी संस्था लि. इटहरी सुनसरी, विराट बहुउदेश्यीय सहकारी संस्था लि. विर्तामोड झापा रहेका छन् ।
स्वर्णलक्ष्मि बचत तथा ऋण सहकारी संस्था लि. दमक झापा, सुलभ बचत तथा ऋण सहकारी संस्था लि. छथर धनकुटा र कञ्चनजंगा सामुदायिक बहुमुखी सहकारी संस्था लि. फुङलिङ ताप्लेजुङ पनि पुरस्कृत भएका छन् ।
त्यसैगरी नियमित कारोबार गर्नेमा केरेक चुम्मा कृषि सहकारी संस्था लि. फिदिम पाँचथर, हिमाली ग्रामिण विधुत सहकारी संस्था लि. महालक्ष्मी धनकुटा, तुलसी बहुउदेश्यीय सहकारी संस्था लि. दमक सेवा केन्द्र झापा, संजीवनी बचत तथा ऋण सहकारी संस्था लि. विर्तामोड झापा, टोल विकस लघुउद्यम सहकारी संस्था लि. इटहरी सुनसरी, शुभचन्द्र बचत तथा ऋण सहकारी संस्था लि. उर्लाबारी मोरङ, राष्टसेवक सहकारी संस्था लि. इलाम, आशिष बचत तथा ऋण सहकारी संस्था लि. धरान सुनसरी र नेपाल कर्मचारी बहुउदेश्यीय सहकारी संस्था लि. विराटनगर मोरङ रहेको छन् ।
त्यसैगरी उत्कृष्ट प्रादेशिक संस्था तर्फ श्री अभियान नेपाल बहुउदेश्यीय सहकारी संस्था लि. अर्जुनधारा झापा र इटहरा बचत तथा ऋण सहकारी संस्था लि. रतुवामाई मोरङ उत्कृष्ट भएका छन् । त्यस्तै बैंकमा असल ऋणि सहकारी संस्थालाई ग्रिनकार्ड प्रदान गरिएको थियो ।
ग्रिनकार्ड पाउनेमा नेपाल बहुउदेश्यीय सहकारी संस्था लि. झापा, मेची सहकारी संस्था लि. झापा र सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. विर्तामोड झापा रहेका छन् । बैंकको प्रदेश १ मा १२ वटा शाखा रहेको छन् । साधारण सभामा प्रदेश १ का २ हजार २५७ वटा सहकारीका प्रतिनिधि सहभागि भएका थिए ।
Leave a comment