काठमाडौं । बलम्बु च्याउ सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष अमरदीप सिंह महर्जनले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उनले स्थापनाकालदेखि नै संस्थाले च्याउको गाउँको रुपमा परिचित बलम्बु क्षेत्रमा च्याउ खेतीको आधुनिक विकास र रोजगारी सिर्जना गरेको बताए । उनले समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ संस्था अगाडि बढेको बताए ।
संस्थाले कृषि सुपथ मुल्य पसल, च्याउ अनुसन्धान तथा तालिम केन्द्र र मसरुम फुड इण्डष्ट्रिलाई थप व्यवस्थित बनाइ अगाडि बढ्न संस्था दृढ रहेको जनाए ।
संस्थाले कोभिडका कारण सिर्जित असहज परिस्थितिमा पनि सदस्यहरुलाई घरदैलोमा नै गइ वित्तीय सेवा प्रदान गर्नुका साथै सदस्यहरुको निःशुल्क कोरोना परिक्षण गरिएको समेत जानकारी गराए ।
संस्थालाई प्रविधिमैत्री बनाउँदै लैजाने उद्देश्यका साथ सनराइज बैंकसँगको सहकार्यमा भिसा डेविट कार्ड समेत सञ्चालनमा ल्याएको बताए ।
सभामा संस्थाका सचिव सुजिन्द्र महर्जनले आर्थिक वर्ष २०७७।०७८ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको मूल ध्येय च्याउ खेतीको व्यवसायिकरण गरी युवाहरुलाई यसतर्फ आकर्षित गर्नु रहेको बताए ।
संस्थाले सहकारी मुल्यमान्यता र सिद्धान्त अनुरुप सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणमा निरन्तर क्रियाशील रहेको उनको भनाई थियो ।
संस्थाका कोषाध्यक्ष प्रदिप महर्जनले आर्थिक वर्ष २०७७।०७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै असार मसान्तसम्म ३ करोड २८ लाख ८४ हजार शेयरपुँजी, जगेडा कोषमा १ करोड ७ लाख ८५ हजार, बचत संकलन ५१ करोड ८७ लाख ९६ हजार रहेको बताए । संस्थाले शेयरपुँजीमा ९.४७ प्रतिशत र बचत संकलनमा ४६.४७ प्रतिशतले वृद्धि गरेको छ ।
संस्थाले सभाका अवसरमा भिसा डेविट कार्ड समेत अनावरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि हुमागाईंले डेविट कार्डको अनावरण गरेका थिए ।
अन्य नेटवर्कमा महिनामा २ पटकसम्म र भिषा नेटवर्कभित्र निःशुल्क रुपमा कार्ड प्रयोग गर्न सकिने संस्थाले जनाएको छ । संस्थामा २९८६ सदस्य आवद्ध रहेका छन् ।
सभामा बागमती प्रदेश कृषि तथा पशुपंन्छी मन्त्री बसुन्धारा हुमागाईंको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश सदस्य रमा आले मगर, च्याउ बिज्ञ डा. महेश कुमार अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।
Leave a comment