काठमाडौं । राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाद्वारा लिखित सहकारीमा २५ बर्ष भोगाई र अनुभूति नाम पुस्तक विमोचन भएको छ ।
महासंघको २९ औं बार्षिक साधराण सभाको अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण शशि श्रेष्ठले पुस्तक विमोचन गरेकी हुन् । कुमाङ्ग सुब्बाले प्रकाशन गरेको पुस्तकमा सहकारी महासंघमा सुब्बाको २५ बर्षे यात्रा समेटिएको छ ।
पुस्तकका लेखक सुब्बाले सो पुस्तक विक्रीबाट प्राप्त रकमको १० प्रतिशत राष्ट्रिय सहकारी महासंघको सहकारी विकास कोषमा प्रदान गर्ने घोषणा गरेकी छन् । ‘सहकारी अभियानको विकासक्रमको साक्षी हुँ । नेपालमा सहकारी अभियान शून्यबाट कसरी ७७ जिल्लाका गाउँ गाउँमा पुग्यो । एउटा अभिायनले कसरी सर्वसाधारणको जीवन बदल्यो ? पुस्तकमा समेट्ने कोशिस गरेको छु,’ सुब्बाले भनिन् ।
Leave a comment