काठमाडौं जिल्ला सहकारी संघको २२ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं जिल्ला सहकारी संघको २२ औं वार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । काठमाडौं जिल्ला सहकारी संघको २२ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । महाराजगञ्ज स्थित रोयल दरबार रेष्ट्रो एण्ड भेन्युमा सम्पन्न सभाको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्धघाटन गरेका थिए ।

संघका अध्यक्ष ज्ञानबहादुर तामाङको सभापतित्वमा सम्पन्न सभामा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्याललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, जिल्ला बहुउद्देश्यीय सहकारी संघ काठमाडौंका अध्यक्ष मनोजकुमार थापा मगर, कास्कूनका उपाध्यक्ष नवराज अर्याल, नेपाल सहकारी पत्रकार समाज (सिजेएन)का अध्यक्ष काजी श्रेष्ठ लगायतले शुभकामना राखेका थिए ।

सभामा संघका अध्यक्ष ज्ञानबहादुर तामाङले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक समिक्षा तथा आर्थिक वर्ष २०७८÷०७९ को लागि प्रस्तावित बजेट, नीति, योजना तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तै लेखा समितिको तर्फबाट संयोजक सुमन केसीले प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले ९ वटा विषयहरुमा छलफल गरी पारित गरेको छ ।



Leave a comment