विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ८ प्रगती विनायक टोलमा रहेको सहमती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उद्धघाटन कार्यक्रममा राष्ट्र सेवक बहुमुखी सहकारी संस्थाका अध्यक्ष, राष्ट्रिय सहकारी बैक विराटनगरको व्यवस्थापन समिति सदस्य जीवन काफ्ले शुभकामना मन्तब्य राखेका थिए ।
लाभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड उपाध्यक्ष अन्तिम कुमार आर्चाय, संस्थाका जेष्ठ सदस्य शिव बहादुर निरौला, प्राध्यापक डाक्टर देवी वहादुर थापा, सल्लाहकार दमन विक्रम थापाले सहकारीलाई अझ सुदृढ गर्दै अगाडी वढ्न सुझाव दिएका थिए ।
सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा कुल कारोवार १ करोड ३९ लाख ८७ हजार ८ सय २० रुपिया २६ पैसाको कारोबार गरेको छ भने सम्पति तर्फ १ करोड ३३ लाख ५० हजार ६ सय ७३ रुपियाँ ३६ पैसा पुगेको छ ।
त्यसैगरी आन्दानी तर्फ १६ लाख ९१ हजार २ सय १५ रुपियाँ ९५ पैसा रहेको छ भने खर्च तर्फ १४ लाख ७९ हजार ५ सय १८ रहेको सहकारीको अध्यक्ष राजेन्द्र कुमार थापाद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सहकारीका अध्यक्ष राजेन्द्र प्रसाद थापाको अध्यक्षतामा भएको साधारण सभामा अध्यक्षको बार्षिक प्रतिवेशन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन साधारणसभाले पारित गरेको छ ।
Leave a comment