दाङ । दाङको घोराहीमा रहेको सर्बोतम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा घोराहीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धु्रबराज पौडेलको अध्यक्षता एवं घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले सहकारीले नागरिकको आर्थिक विकासमा सहयोग पुर्याउने बताए । आर्थिक बिकासको प्रमुख आधार सहकारी भएकाले यसप्रति नागरिककोे विश्वास बढाउन आवश्यक रहेको बताए । यस्ता सहकारी आर्थिक कारोबारमा मात्र केन्द्रित नभएर सामाजिक उत्तरदायित्वमा पनि ध्यानदिन आग्रह गरे ।
उनले दाङमा पहिलोपटक यस सहकारीले सहकारीे बजार संचालनमा ल्याउनुनै स्थानिय खेतीको उत्पादनमा प्रोत्साहन मिलेको बताए । यस संस्थाले संचालन गरिहेको सहकारी बजारको व्यबस्थापकीय पक्ष बलियो बनाउन आवश्यक रहेको बताए ।
बहुउद्देश्यीय सहकारी संघ दाङका अध्यक्ष कृष्णप्रसाद गौतम, जिल्ला सहकारी संघ दाङका सदस्य कृष्णप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल के.सी, ज्योतिपुञ्ज आमावि घोराहीका प्रिन्सिपल बुद्धीराज अधिकारी,राष्ट्रिय सहकारी बैंक लि. घोराही शाखा प्रमूख डिल्लीराज दाहाल, शेयर सदस्यहरु नरेन्द्र केसी, माधब चौधरी, शारदा शर्मा लगायतले सहकारीलाई उत्पादन र उद्यमशिलतासँग जोडेर अगाडि बढ्न आग्रह गरे ।
साधारणसभामा नियमित रुपमा बचत गर्ने सदस्य तर्फ कुसुम गौतम शर्मा, असल ऋण कारोबार गर्ने सदस्य तर्फ शान्ता केसी र शेयर सदस्य संख्या वृद्धि गर्ने सदस्य तर्फ शालिकराम खनाल लाई सम्मान गरिएको थियो ।
साथै सहकारी संस्थाले संचालन गरेको सहकारी बजारमा सबैभन्दा बढी कारोबार गर्ने सदस्यहरुतर्फ सुनकुमारी घर्ती, कमल थपलिया, नविनकुमार पाण्डे, दिनेश गौतम, ज्योतिपुञ्ज आमाविका सुनिता खड्का, पद्मा लम्साल, लोकेन्द्र बुढाथोकी, गिरिराज शर्मा र सरस्वता पार्धे लाई कारोबार अंकको आधारमा प्राप्त रकम सहित सम्मान गरिएको थियो ।
पाँच सय दुई सेयर सदस्य रहेको सहकारी संस्थामा वर्ष भरी बढी कारोबार गर्ने १० जना सेयर सदस्यलाइ सम्मान गरिएको हो । त्यस्तै सेयर सद्स्य बृद्धि गराए वाफत सालिकराम खनाल, असल ऋण कारोबार गर्नेमा शान्ता के.सि र नियमित बचत गर्न तर्फ कुसुम गौतमलाई संस्थाले सम्मान गरेको छ ।
कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिबेदन संस्थाका अध्यक्ष ध्रुबराज पौडेल र आर्थिक प्रतिबेदन संस्थाका कोषाध्यक्ष गुरुप्रसाद खनालले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै संस्थाको लेखा सुपरिवेक्षण प्रतिवेदन समितिका संयोजक खिमराज खनाल र सहकारी बजार परियोजना प्रमूख कमल थपलियाले सहकारी बजारको विषयमा प्रतिवेदन प्रस्तुत गरे ।
संस्थाका उपाध्यक्ष शालिकराम खनालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव हेमराज शर्माले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सबैलाई संस्थाका संचालक युबराज थपलीयाले धन्यवाद ज्ञापन गरे ।
दाङ जिल्लाभर कार्यक्षेत्र रहेको सर्वोत्तम बहुउद्धेश्यीय सहकारी संस्थाले घोराहीको तुलसीपुर चोकमा सहकारी बजार संचालन गर्नुका साथै दाङको जडीबुटी पकेट क्षेत्रमा जडीबुटीका विरुवाहरु स्थानीयहरुको सहभागीतामा वृक्षारोपण गरेको छ ।
Leave a comment