सहकारी ऐनलाई संसोधन गर्नुपर्नेमा वक्ताहरुको जोड

सहकारी ऐनलाई संसोधन गर्नुपर्नेमा वक्ताहरुको जोड :: Sahakari Akhabar

चीना थापा, विराटनगर । प्रतिनिधि सभा सदस्य तथा सहकारी अभियान्ता घनश्याम खतिवडाले सहकारी ऐन वाधक रहेकाले संसोधन गर्नुपर्ने बताए ।

उनले सहकारीलाई काम गर्नको धेरै ऐनहरु बाधक भएकोले संसोसन हुनु पर्ने बताए । जिल्ला सहकारी संघ मोरङको २९ औंसाधारण सभाको उद्घाटन गर्दै खतिवडाले आफुले ऐन संसोधनको लागि पहल गरिरहेको बताउँदै जिल्ला सहकारी संघले पनि पहल गर्नुपर्ने बताए ।

सहकारी ऐन २०७४ कार्यान्वयनका लागि ४७ वटा अन्य ऐन बाधक रहेको उनको भनाई छ । ४७ वटा ऐन बाझिएकाले संसोधन गरे सहकारीका बाधाहरु केही हदसम्म हट्ने उनको भनाई छ  ।

संविधानमा सहकारीलाई बढी भन्दा बढी स्थान दिएको र अहिले प्रदेश र स्थानिय तहले पनि सहकारी कानुन बनाउन सक्ने व्यवस्था भएको उनको भनाई छ ।

खतिवडाले सहकारी व्यक्ति केन्द्रित नभई सामाज केन्द्रित हुनुपर्ने बताए । बचत तथा ऋणले मात्र गरिवि न्युनिकरण नहुने भन्दै हामीले विदेशबाट आयात गरिरहेको बस्तुलाई सहकारीका उत्पादनले प्रतिस्थापन गर्न सक्नुपर्नेमा बताए  ।

त्यसैगरी पूर्व संविधानसभा सदस्य तारादेवी राईले पनि सहकारीलाई उत्पादनसँग जोड्न र विभिन्न किसिमका उद्योगधन्दा सञ्चालन गर्नका लागि ऐन बाधक भएकाले संसोधन गर्नुपर्नेमा जोड दिइन् ।

प्रदेश १ सामाजिक विकास मन्त्री जयराम यादवले सहकारीले बचत गर्न मात्र हैन् संस्कार पनि सिकाउनु पर्नेमा जोड दिए । विपन्न वर्गका लागि सहकारी साहारा भएको उनको भनाई छ ।

सहकारीमा महिलाको सहभागिता ५२ प्रतिशत देखिए पनि नेतृत्वमा पुग्ने महिलाको संख्या न्यून भएकाले सहभागिता र नेतृत्वमा तालमेल नमिलेको मन्त्री यादवले उल्लेख गरिन । उनले महिलाको सहभागिताको आधारमा नेतृत्वमा पुग्न महिला सहकारीकर्मीहरुलाई आग्रह गरिन ।

साधारण सभामा संघका अध्यक्ष डिल्ली पोखरेलले संघको बार्षिक प्रतिवेदन तथा भावी कार्ययोजना सहितको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन संयोजक लक्ष्मी सापकोटाले प्रस्तुत गरेका थिए ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कूनकी सञ्चालक गोमा नेपाल लगायतले सभामा शुभकामना मन्तव्य राखेका थिए ।

संघको ३० लाख ७९ हजार ५ सय रुपैया शेयर र तरलता कोष बचतमा ३२ लाख ७० हजार ८८७ रुपैया ५४ पैशा र नियमित मासिक बचतमा ९२ लाख ५३ हजार ७८६ रुपैया ०६ पैशा गरी १ करोड २५ लाख २४ हजार ६७३ रुपैया ६० पैशा निक्षेप रहेको छ । संघले भवन किन्दा लिएको २० लाख ऋण बहुउद्देश्यीय सहकारी संघलाई तिर्नुपर्ने उल्लेख छ ।

जिल्ला संघले १० लाख धितोमा ऋण लगानी गरेको छ भने १ करोड ७५ लाख ५ हजार ९ सय ७५ रुपैया तरलता ऋण लगानी गरेको छ । ३ लाख ६३ हजार ९२८ रुपैया ७७ पैशा छोटो अवधि कर्जा लगानी गरेको छ । संघले १० प्रतिशत व्याजमा ऋण लगानी गर्ने गरेको छ ।

संघको निर्वाचन सहितको साधारण सभा हो । अध्यक्ष, लेखा समिति संयोजक र सदस्यहरुमा आज निर्वाचन भईरहेको छ । अध्यक्षमा संघका बर्तमान अध्यक्ष डिल्ली पोखरेल र सचिव विरेन्द्र यादवबीच प्रतिस्पर्धा छ ।

संघको बरिष्ठ उपाध्यक्षमा सहकारी संस्था लिमिटेड झोराहाटका विजय कुमार माझी, महिला उपाध्यक्षमा  दिपज्याति नारी विकास बेलबारीकी अध्यक्ष पार्वती बराल, सचिवमा स्वर्ण लक्ष्मि साकोस विराटनगरका राकेश दाहाल, सह सचिवमा युवराज भट्टराई र कोषाध्यक्षमा कृपा लक्ष्मि साकोस विराटनगरका अध्यक्ष अमृत बहादुर गुरुङ सर्वसहमत निर्वाचित भएका छन् ।



Leave a comment