हाइलाइट

अष्टाबक्र साकोसको १३ औं वार्षिक साधारण सभा सम्पन्न

अष्टाबक्र साकोसको १३ औं वार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । अपाङ्गताभएकाव्यक्तिहरुको सामुहिकप्रयासमा सञ्चालन भैरहेको अष्टाबक्र बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा २४ गते शनिवार सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा स्थित नेपाल अपाङ्ग संघको सभाहलमा भएको कार्यक्रममा वागमती प्रदेश सभा सांसद मणिराम फूयाँलले सहकारी आवश्यकताको आधारमा सिर्जना भएको अभियान भएकाले अपाङ्गता क्षेत्रमा आर्थिक समृद्धि ल्याउन ठूलो भूमिका खेल्ने वताएका छन् ।

सांसद फूयाँलले अपाङ्गताभएकाको अवस्थालाई मध्यनजर गरी आफूले सहयोगको हात बढाउने प्रतिवद्धता व्यक्त गरे । त्यसै गरी राष्ट्रिय अपाङ्गमहासंघका निवर्तमान अध्यक्ष सुर्दशन सुवेदीले अपाङ्गता भएका व्यक्तिहरु विकासमा समाहित हुन आर्थिक सवलीकरण नै महत्वपूर्ण पाटो भएको र त्यसको काम सहकारीले गरिरहेकोमा खुशी व्यक्त गरे ।

साधारण सभामा अध्यक्ष भगवान कोइरालाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरी संस्थाले सदस्यको हितमा कार्य गर्दै आएको अन्य सहकारीका तुलनामा राज्यका प्रत्येक सरकारले विशेष किसिमको सहकारीको दर्जामा राखी प्राथिमिकता दिनुपर्ने बताए ।

अध्यक्ष कोइरालाले संस्थाले आगामी दिनमा कार्यक्षेत्र विस्तार गरी सेवाकेन्द्र मार्फत समेत सदस्यलाई सेवा उपलब्ध गराउने जानकारी गराए ।

संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक कुमार पौडेल खत्रीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुतगर्दै अपाङ्गता भएका सदस्यलाई आवतजावत गर्न बढी समस्या भइरहेकोले संस्थाको नाउँमा सम्पूर्ण करछुट सहित एउटा माइक्रो वस र कागेश्वरी मनोहरा वागोकर्णेश्वर नगर क्षेत्र भित्र संस्थाको भवनकालागि जग्गा उपलब्ध गराउन पहल गरिदिन वागमती प्रदेश सभा सांसद फूयालसँग आग्रह गरे ।

त्यस्तै कोषध्यक्ष कल्पना भुजेलले अर्थिक गतिविधिको प्रतिवेदन पेश गर्दै संस्थामा अर्थिक वर्ष २०७७÷०७८ मा कूल १ करोड ८८लाख १६हजार बचत संकलन,४० लाख ४३ हजार ८०० सय चुक्ता शेयर पुजी जम्मा भई १ करोड ६५ लाख  ३५ हजार ऋण लगानीमा रहेको जानकारी गराइन् ।

संस्थामा २५० भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु आबद्ध छन् । यो सहकारी अपाङ्गता भएका व्यक्तिहरुको नेतृत्वमा अपाङ्गताकै आर्थिक सवलीकरण गर्न स्थापना भई सञ्चालित पहिलो सहकारी रहेको बताइएको छ ।



Leave a comment