बडाललाई साझा सहकारी पुरस्कार

बडाललाई साझा सहकारी पुरस्कार :: Sahakari Akhabar

काठमाडौं । कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार सहकारीका अभियान्ता तथा सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याएका केशव बडाललाई प्रदान गरिएको छ ।

साझा सेवा (सहकारी संस्था) लिमिटेडले ललितपुरमा आयोजना गरेको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार वितरण समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष बडाललाई पुरस्कृत गरिन् ।

सो अवसरमा बोल्दै मन्त्री श्रेष्ठले सहकारी स्थापनाको उदेश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिइन् । सहकारी क्षेत्र उद्देश्य र मर्म अनुसार चल्न नसकेको गुनासो आइरहेकाले त्यसमा सुधार आवश्यक रहेको उनको भनाइ थियो ।

मन्त्री श्रेष्ठले नीतिगत, कानुनी र व्यवहारिक रुपमा रहेका सहकारीका समस्या हल गर्न आफू तयार रहेको उनको भनाइ थियो । नियतमा भएको खरावी अन्त्यका लागि सबै लाग्नु पर्नेमा उनले जोड दिइन् ।

संविधानमा व्यवस्था भएको तीनखम्बे नीति अनुसार सहकारीको विकास गरी उत्पादन र उत्पादकत्व बढाएर स्वाधिन अर्थतन्त्रको विकास  र रोजगारी सिर्जना गर्दै गरिवी न्युनिकरणमा महत्वपूर्ण योगदान गर्न सकिने उनको भनाइ छ ।

बजार अनुशासन, मर्यादा र कारोवारमा पारदर्शिता कायम गर्दै जनतालाई महशुस हुने गरेर सेवा दिने विषयमा सहकारीहरुले कार्ययोजना नै बनाएर अगाडी बढ्नु पर्नेमा समेत मन्त्री श्रेष्ठले जोड थियो । 
 



Leave a comment