भक्तपुर । कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले एटिएम सेवा शुरु गरेको छ । घरेलु तथा साना उद्योग संघ, भक्तपुरका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले एटिएम सेवाको शुभारम्भ गरेका हुन् ।
सेवा शुभारम्भ गर्दै खर्बुजाले एटिएम सेवाले सदस्यले सहकारी संस्थाको कारोबारमा थप सहजता पाउने बताए । भक्तपुरको मुलढोका सेवा केन्द्रमा एटिएम बुथ राखेर सेवा सुरु गरेको संस्थाका मुख्य प्रबन्ध लिलानाथ गौतमले बताए ।
क्रमश संस्थाको सम्पूर्ण सेवा केन्द्रमा एटिएम बुथ समेत राखिने गौतमको भनाई छ । अन्य बैंक तथा वित्तीय संस्थाको एटिएम बुथमा पनि संस्थाको एटिएम कार्ड प्रयोग गर्न सकिने मुख्य प्रवन्धक गौतमले बताए ।
एटिएमबाट संस्थाका सदस्यले एक दिनमा एक लाख रुपैयाँसम्म झिक्न मिल्ने उनले बताए । संस्थाले यस अघिनै मोबाईल बैकिङ सेवा सुरु गरेको छ ।
Leave a comment