हाइलाइट

सामाजिक काममा सक्रिय दाउन्नेदवी सहकारी

सामाजिक काममा सक्रिय दाउन्नेदवी सहकारी :: Sahakari Akhabar

काठमाडौं । नवलपरासी बर्दघाटस्थित दाउन्नेदवी महिला बहुउद्देश्यीय सहकारी संस्था सामाजिकक कार्यक्रमा पनि सक्रिय हुँदै गएको छ । संस्थाले सुरक्षित आवसगृह सञ्चालन गर्नुका साथै सदस्यको हितका लागि अन्य सामाजिक कार्य गर्दै आएको छ ।

संस्थाका अध्यक्ष देवी पौडेलले सामाजिक कार्यक्रम सक्रिय हुँदै आएको बताइन् । संस्थाले विद्यालय भर्ना कार्यक्रममा सहयोग, खानेपानी तथा सरसफाइ चेतना अभिवृद्धि गर्दै आएको छ । आयोडिनयुक्त नुनको प्रयोग गर्दा हुने फाइदा, गर्भवती परीक्षण र पोलियो दादुरा नियन्त्रण कार्यक्रममा सहयोग गरी समाज परिवर्तनमा संस्थाको अंहम भूमिका निर्वाह गरिरहेको अध्यक्ष पौडेलले बताइन् ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न समयमा विभिन्न संघसंस्था तथा कार्यालयको सहयोगमा समय सान्र्दभिक कार्यक्रम गर्दै आएको छ । संस्थाले विभिन्न निकायसँग हातेमालो गर्दै आफ्ना सेयर सदस्यहरुलाई विभिन्न सीपमूलप तालिम दिदैँ आएको छ ।

संस्थाले सदस्यलाई ऋण प्रदान गर्दा सेवाशुल्क नलिने गरेको अध्यक्ष पौडेलले बताइन् । संस्थाले मासिक ब्याज बुझाउनेलाई ५ प्रतिशतको छुटको व्यवस्था मिलाएको छ । संस्थाले १ करोड ३४ लाख ११ हजार २ सय रुपैयाँ सेयर पुँजी संकलन गरेको छ । संस्थाले १० करोड ९८ लाख निक्षेप संकलन गरी ११ करोड ८२ लाख कर्जा लगानी गरेको छ ।

लुम्बिनी प्रदेश नवलपरासी जिल्लामा महिलाहरुद्धारा सञ्चालित स्थानीय सहकारीमध्ये उत्कृष्ट महिला सहकारी संस्थाको रुपमा सामाजिक विकास मन्त्रालयले सम्मान गरेको थियो । २०७६÷७७ को बर्दघाट शाखा कार्यालयको उत्कृष्ट कारोबार गर्ने संस्थाका रुपमा राष्ट्रिय सहकारी बैंकले सम्मान गरेको थियो ।



Leave a comment