सहकारी संघ खोटाङको अध्यक्षमा चाहार चयन

सहकारी संघ खोटाङको अध्यक्षमा चाहार चयन :: Sahakari Akhabar

खोटाङ । जिल्ला सहकारी संघ खोटाङको अध्यक्षमा मिलन चाहार चयन भएका छन् । शनिबार दिक्तेलमा सम्पन्न सहकारी संघको चौथो अधिवेशन तथा साधारणसभाले चाहारलाई अध्यक्ष चयन गरेको हो । सहकारी संघको उपाध्यक्षमा सनमान खड्का, सचिवमा दीपेन्द्र राई र कोषाध्यक्षमा सरिता राई चयन भएका छन् । 

११ सदस्यीय सहकारी संघको सदस्यमा रघुनन्द राई, जेपी राई, पर्शुराम विश्वकर्मा, मनोज बजिमय र गोपाल आचार्य चयन भएका छन् । दुई सदस्यपछि थप गरिने सहकारी संघका नवनिर्वाचित अध्यक्ष चाहारले बताए ।

यस्तै, कविकुमार राईको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ । प्रदेश सहकारी संघको सदस्यका लागि सुमन श्रेष्ठ चयन भएका छन् । 

सहकारी संघको अधिवेशनले आर्थिक वर्ष २०७७/०७८ को खर्च अनुमोदन, आर्थिक वर्ष २०७८र०७९ को नीति, कार्यक्रम तथा प्रस्तावित बजेट पारित गरेको छ ।

यस्तै, लेखा सुपरिवेक्षण समिति र लेखा समितिको प्रतिवेदन पारित गरिएको छ । सहकारी संघको कार्यालय स्थापना तथा व्यवस्थापन, लेखा परीक्षक नियुक्ति लगायतका निर्णय गरिएको सहकारी संघले जनाएको छ । 

सहकारी संघका कार्यवाहक अध्यक्ष सनमान खड्काको सभापतित्वमा भएको अधिवेशन सहकारी संघका पूर्वअध्यक्ष नूरकाजी शैंजूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।



Leave a comment