हसना भास्तिपुर साकोसको १३ औँ बार्षिक साधारण सभा सम्पन्न

हसना भास्तिपुर साकोसको १३ औँ बार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाण्डौँ । बलम्बुमा रहेको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नारायण कृष्ण महर्जनको सभापतित्वमा सम्पन्न सभामा आर्थिक वर्ष ०७७ /०७८को प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

पछिल्लो समय संस्थाले न्हुँजला र गोर्खाभूमि दुईवटा बचत तथा ऋण सहकारी एकिकरण गरिएको जनाइएको छ । संस्थाले ६ करोड ३६ लाख १९ हजार ८०० शेयर पूँजी, ९५ करोड १४ लाख ९९ हजार रुपैयाँ बचत संकलन र १ अर्व २१ करोड १४ लाख १८ हजार ८३० रुपैयाँ ऋण लगानी गरेको जनाइएको छ ।

संस्थाले बर्षभरि रक्तदान तथा विभिन्न सामाजिक कार्य गरेको र सदस्यहरुलाई सहकारी शिक्षा तालिमलगायतका कार्यलाई निरन्तरता दिने जनाइएको छ ।

सभाले बार्षिक रुपमा उत्कृष्ट बचतकर्ता, ऋणी तथा कारोबारी सदस्य तथा एसइइमा उत्कृष्ट अंक ल्याउने सदस्यका छोरा छोरी, संस्थाका उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

त्यसैगरी संस्थाले जेष्ठ सदस्यलाई तिर्थ भ्रमण गराउने गरेको जनाएको छ । संस्थाले १ करोड २५ लाख ७७ हजार २०१ रुपैयाँ नाफा गर्न सफल रहेको संस्थाका अध्यक्ष महर्जनले सभामा जानकारी दिए ।

संस्थाका कोषाध्यक्ष राजमान महर्जनले आर्थिक प्रतिवेदन तथा लेखासमितिका संयोजक राजकुमार महर्जनले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा विभिन्न क्षेत्रका ब्यक्तीहरुले शुभकामना मन्तब्य राखेका थिए । 



Leave a comment