हाइलाइट

हिमशिखर सहकारीको निर्वाचन सहितको साधारण सभा सम्पन्न

हिमशिखर सहकारीको निर्वाचन सहितको साधारण सभा सम्पन्न :: Sahakari Akhabar

भक्तपुर । हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाको निर्वाचन सहितको १४ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले मीनबहादुर शाहीको अध्यक्षतामा ७ जना संचालक समिति चयन गरेको हो ।

समितको उपाध्यक्षमा पदमराज भट्ट, सचिवमा धर्मराज ओझा तथा कोषाध्यक्षमा पार्वता खड्का निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी संचालक समितिको सदस्यमा राकेश सिंह, रामेश्वर लामिछाने र डबलबहादुर बोहरा चयन भएका छन् ।

सभाले लेखा सुपरिवेक्षण समितिको संयोजकमा सञ्जु श्रेष्ठ तथा सदस्यहरुमा कमलप्रसाद नेपाल र सूर्यमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

सभामा संस्थाका अध्यक्ष मीनबहादुर शाहीले संस्थाको आर्थिक वर्ष ०७७/०७८को बार्षिक प्रतिवेदन,लेखा समितिका संयोजक सञ्जु श्रेष्ठले लेखा प्रतिवेदन तथा कार्यकारी निर्देशक हरीहर भण्डारीले संस्थाको आयब्यय बिबरण प्रस्तुत गरेका थिए ।

संस्थाले ३ करोड ६५ लाख सेयर पूँजी, २५ करोड २३ लाख ७७ हजार निक्षेप तथा ३० करोड ९० लाख ८७ हजार रुपैयाँ ऋण लगानी गरेको जनाइएको छ ।

सभाले सदस्यलाई ९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । संस्थाले आफ्नै भवन निर्माणकार्यलाई अघि बढाएको जनाएको छ । सभामा ७० वर्ष माथिका दुईजना सदस्यलाई सम्मान गरिएको छ ।

त्यसैगरी उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी तथा उत्कृष्ट कारोबार गर्ने सदस्यलाई सम्मान गरिएको छ । त्यसैगरी सभामा एसइइमा उत्कृष्ट अंक प्राप्त गर्ने सदस्यको छोरा छोरी र उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको छ ।

सभामा मध्यपुर थिमी नगरपालिका उपप्रमुख अञ्जनादेवी मधिकर्मी संस्थाका सल्लाहकार माधवप्रसाद भट्ट तथा सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालले शुभकामना दिएका थिए ।



Leave a comment