एटिएम सेवा संचालन गर्दै शिवशिखर सहकारी

एटिएम सेवा संचालन गर्दै शिवशिखर सहकारी :: Sahakari Akhabar

भक्तपुर । कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारीले एटिएम सेवा दिने भएको छ । संस्थाले अंग्रेजी नयाँ वर्षको अवसर पारेर उक्त सेवा प्रदान गर्ने निणर्य गरेको जनाएको हो ।

संस्थाले अवको एक हप्तामा सदस्यहरुलाई एटिएम सेवा दिने तयारी गरेको संस्थाका मुख्य प्रवन्धक लिलानाथ गौतमले बताए । उनले सदस्यहरुलाई प्रविधिसंग जोड्न मोबाइल एप्लिकेसन पछि अव एटिएम सेवा दिनलागेको बताए ।

उनले भने  ‘संस्थाको पछिल्लो उपलब्धीको रुपमा जनवरी २०२२ को पहिलो हप्तादेखि एटिएम सुरु हुने छ।’ संस्थाले देशब्यापीरुपमा शिव शिखर मार्ट संचालन अभियान अघि सारेको छ । 



Leave a comment