काठमाण्डौ । सहकारीमा तरलता अभाव देखिन थालेको छ । निक्षेप घट्दै गएको छ भने कर्जाको माग उच्च छ । सन्र्दभ ब्याजदरका कारण सहकारीको पैसा अन्यत्र गएको सहकारीकर्मीको गुनासो छ । काठमाडौं बहुउद्देश्यीय सहकारी संघले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले बैंकले बढी निक्षेप दिन थालेका सहकारीबाट पैसा झिकेर बैंकमा राख्न थालेको बताएका थिए ।
सहकारीमा कर्जाको ब्याज उच्च हुँदा निक्षेप जोगाउन नसकिएको सहकारीकर्मी चिन्ता व्यक्त गर्न थालेका छन् । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले तरलता अभाव टार्न २ अर्बको तरलता कोष स्थापना गरिएको बताए । समस्यामा परेका सहकारीलाई यस कोषबाट ऋण दिने उनको भनाइ छ ।
अत्यावश्यक नभई सहकारीलाई ऋण नदिइएको उनले बताए । उनले सहकारीलाई ऋण प्रवाह गर्दा ध्यान दिएर मात्र प्रवाह गर्न आग्रह गरेका छन् । जिल्ला सहकारी संघ काठमाडौंका महासचिव मनोज भण्डारीले तीन÷तीन महिनामा सहकारीको ब्याज पुनरवलोकन हुनुपर्ने बताए ।
कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सहकारीको ब्याज घट्न नहुने बताए । ‘१४.७५ घटे सहकारी बाच्न नसकी धराशायी हुन्छन् ।’ उनले भने । सहकारीमार्फत उद्योग खोल्नै समस्या समस्या रहेको, ३०/७० प्रावधान कार्यान्वयन गर्न चुनौती रहेको बतँए । शान्ती सहकारीका अध्यक्ष बालगोपाल श्रेष्ठले सहकारीको खराब कर्जा हटाउन नेतृत्वले पहल गर्न नसकेको बताए । ‘बढी पैसा दिने बित्तिकै बैंकमा निक्षेप जान्छ ।’ उनले भने ।
Leave a comment