भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्थाको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको सभापतित्व एवं नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलको सभापतित्वमा सभा सम्पन्न भएको हो ।
कायक्रममा भक्तपुर जिल्ला बचत संघकमा अध्यक्ष कृष्ण गोविन्द लाखाजु र जिल्ला सहकारी संघ भक्तपुरका लेखासमिति संयोजक ध्रुव बहादुर रायमाझीले समेत शुभकामना मन्तब्य राखेका थिए ।
सभामा अध्यक्ष श्रेष्ठले समुदाय र सदस्यको हित हुने कार्यक्रम गरी सदस्यमा आधारित नमूना सहकारीको रुपमा छवि निर्माण गर्न सकेको बताए ।
संस्थाले सदस्यहरुको सामाजिक तथा आर्थिक उत्थानका साथै विविध सामाजिक गतिविधि समेत सञ्चालन गर्दै आएको सो अवसरमा उनले जानकारी दिए ।
आ.व. २०७८।७९ को कार्ययोजना प्रस्तुत गर्दै उनले शेयरपुँजी वृद्धि गर्दै जाने, कर्मचारीको क्षमता अभिवृद्धिकाल लागि पुनर्ताजगी तालिम सञ्चालन गर्ने, संस्थामा आवद्ध सदस्य एवं विभिन्न समितिमा रहेकाहरुलाई क्षमता अभिवृद्धि गर्ने, एसएमएस मोबाइल बैंकिङ लगायताका सुविधा थप गर्ने र सदस्यहरुलाई उद्यमी बनाउन उद्यमशीलता तालिम सञ्चालन गरी प्रोत्साहन गर्ने योजना रहेको श्रेष्ठले उल्लेख गरे ।
त्यसैगरी आन्तरिक पर्यटनलाई प्रोत्साहन दिन अध्ययन अवलोकन भ्रमण गर्ने, सेवा केन्द्र स्थापना गर्ने, आदर्श मा।वि। लायकुमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने र यस वर्ष बालप्रेम मा।वि।, सुगाटोलका विद्यार्थीहरुलाई पनि बालकुमारी छात्रवृत्ति प्रदान गरिने उनले जनाए ।
सभामा संस्थाका सचिव पृथ्वीराम श्रेष्ठले आ. व. २०७७।७८ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कोभिड १९ महामारीमा तनाव व्यवस्थापन, तरलता व्यवस्थापन र ऋण लगानी सम्बन्धी अन्तक्र्रिया, खानपान र व्यायामको महत्व सम्बन्धी प्रवचन, वैवाहिक जबर्जस्तीकरणी विषयक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको बताए ।
संस्थाका कोषाध्यक्ष सुदीप श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत असारमसान्तसम्म शेयरपुँजी १२ करोड ७४ लाख, जगेडा तथा अन्य कोषमा ५ करोड १२ लाख, १ अर्ब ६४ करोड ८६ लाख बचत संकलन र १ अर्ब ४४ करोड ४४ लाख ऋण लगानी गरेको बताए । संस्थामा ५१६२ जना सदस्य आवद्ध रहेका छन् ।
२०५७ सालमा २८ जना स्थानीय जागरुक, समाजसेवी, शिक्षासेवी एवं व्यापारीद्वारा स्थापित बालकुमारी साकोसले हालसम्म जिल्लाभर उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ ।
Leave a comment