काभ्रेपलाञ्चोक जिल्ला बचत संघको अध्यक्षमा जितेन्द्र नकर्मी

काभ्रेपलाञ्चोक जिल्ला बचत संघको अध्यक्षमा जितेन्द्र नकर्मी :: Sahakari Akhabar

बनेपा । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको २४औं बार्षिक साधारणसभाले जितेन्द्र नकर्मीको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । त्यसैगरी शिवप्रसाद आचार्यको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको छ।

समितिको पुरुषतर्फको उपाध्यक्षमा सागरनाथ कपाली, महिलातर्फको उपाध्यक्षमा निर्मला श्रेष्ठ, सचिवमा सुरेन्दप्रसाद पौडेल, कोषाध्यक्षमा जीवन श्रेष्ठ,  सहसचिवमा विकास वादे, निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा सत्यदेवी भट्टराई, विनोद सापकोटा, रुशन श्रेष्ठ, बालकृष्ण दाहाल, ज्ञानु दाहाल, गणेश कुमार तामाङ, रमेशप्रसाद न्यौपाने निर्वाचित भएका हुन् ।  

लेखा सुपरीवेक्षण समिति सदस्यहरुमा पुष्पराज कोइराला, दिपेन्द्र श्रेष्ठ चयन भएका छन् । संघको सहसचिव र लेखा संयोजक पदमा निर्विरोध चयन भएको थियो भने अन्य पदहरुका लागि निर्वाचन भएको थियो ।

संघका अध्यक्ष रामहरि केसीको अध्यक्षतामा तथा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतमा सभा सम्पन्न भएको थियो ।



Leave a comment