हाइलाइट

जनप्रिय साकोसको चौथौँ बार्षिक साधारण सभा सम्पन्न

जनप्रिय साकोसको चौथौँ बार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

ललितपुर ।  कुमारीपाटीमा रहेको जनप्रिय बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको छोटो अवधिमा नै समग्र सूचकमा उल्लेख्य प्रगति गरेको छ । संस्थाले स्थापनाको चौंथो वर्षमा नै उल्लेख्य प्रगति गर्न सफल भएको हो ।

आ.व.२०७७।७८ को चौंथो वार्षिक साधारणसभाका लागि प्रस्तुत वित्तीय विवरण अनुसार असार मसान्तसम्म संस्थामा १५०० सदस्य, ८१ लाख ७३ हजार शेयरपुँजी २० करोड ६२ लाख ६५ हजार बचत संकलन र १७ करोड ६५ लाख ३४ हजार ऋण लगानी गरेको छ ।

संस्थाका अध्यक्ष अविनाश कार्कीले  ललितपुर जिल्लालाई कार्यक्षेत्र बनाई कार्यक्षेत्रभित्र बसोबास गर्ने सदस्यहरुकाबीचमा बचत ऋणका साथै कृषि उत्पादन र प्रशोधनमा लगानी गएको बताए । सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरण नै सहकारीको प्रमुख दायित्व भएको बताए ।

संस्थाले पनि सहकारी मूल्य, मान्यतालाई आत्मसात् गर्दै समुदायका गरिब न्यून आय भएका किसान, मजदुर, शिक्षक, वुद्धिजीवी लगायतबाट ससानो पुँजी संकलन गरी सदस्यको आयस्तर वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्दै आएको उनले बताए । यस आर्थिक वर्षमा सदस्यको संख्या वृद्धि हुँदै गएकाले एउटा कार्यालयबाट मात्रै सेवा दिन असम्भव देखिएकाले सेवा केन्द्र विस्तारका लागि पहल गर्ने उनले जनाए ।

सदस्यहरुलाई सहकारी शिक्षा तथा तालिम दिने, महिलाहरुमा उद्यमशीलता विकासका लागि बिना धितो लगानी गर्ने, संस्थाकै लगानीमा परियोजना तयार पारी कार्यक्रम अगाडि बढाउने, उत्पादनमूलक कार्यक्रमा लगानी विस्तारका लागि उपयुक्त क्षेत्र र परियोजना पहिचान गर्ने, सदस्यहरुमा उद्यमशलिताका लागि सीप विकास गर्ने जस्ता योजना रहेको उनले बताए । 

संस्थाका कोषाध्यष शम्भु खवासले आ।व। २०७७।७८ को आर्थिक प्रतिवेदन र लेखासमिति संयोजक मनिष घिमिरेले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले सदस्यलक्षित गरी विभिन्न बचत खाता सञ्चालनमा ल्याएको छ भने व्यक्तिगत, सामुहिक जमानी, व्यवसायिक, महिला उद्यमी तथा आवास शीर्षकमा ऋण लगानी गर्दै आएको छ ।



Leave a comment