सिम्बोलिक सहकारीद्धारा जेष्ठ सदस्य सम्मान

सिम्बोलिक सहकारीद्धारा जेष्ठ सदस्य सम्मान :: Sahakari Akhabar

काठमाण्डौँ । जडीबुटी नरेफाँटमा रहेको सिम्बोलिक बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यलाई सम्मान गरेको छ । संस्थाको दशौँ बार्षिक साधारण सभाको अवसर पारेर संस्थाका तीन जना जेष्ठ सदस्यलाई सम्मान गरेको हो ।

सभामा संस्थाका अध्यक्ष जयराम गिरिले संचालक समितिको, ध्रुवराज गिरिले लेखा समितिको तथा कोषाध्यक्ष हरिराम गिरिले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७६÷०७७ मा २ करोड ३१ लाख २० हजार ५०० रुपैयाँ पुगेको र ८ करोड ७३ लाख ५७ हजार ९९५ रुपैयाँ ऋण लगानी गरेको जनाइएको छ ।

संस्थामा १३५० जना सदस्य, ७ करोड ८५ लाख १० हजार ९०५ रुपैयाँ बचत तथा २४ लाख ९२ हजार ८३५ कोषमा रहेको जनाइएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका नयाँबानेश्वर शाखा प्रमुख  विष्णु गिरि, सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहाल तथा संस्थाका सल्लाहकारलगायतले शुभकामना ब्यक्त गरेका थिए ।



Leave a comment