काठमाडौं । डेजायर बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले सेयर सदस्यता र सेयर पुँजी वृद्धि गर्ने निर्णय गरेको छ । साधारणसभामा अध्यक्ष उद्धव सापकोटाले निक्षेप संकलनमा वृद्धि, एकीकरण, तरलताको उचित व्यवस्थापन गर्ने बताए । संस्थाले सुरक्षित ऋण लगानी गर्ने बताए ।
अध्यक्ष सापकोटाले गत आर्थिक वर्षमा सेयर सदस्यलाई सरल र सुलभरुपमा कर्जा प्रवाह गर्ने, बचत गर्ने बानीको विकास गर्ने, घरदैलो सेवा प्रदान गरिएको बताए । संस्थाका सचिव श्याम सापकोटाले १ करोड ८० लाख ९१ ह्जार ९ सय २७ रुपैयाँ निक्षेप संकलन गरेको बताए ।
२ सय ४३ जना सदस्यमध्ये २ सय २२ ले मासिक र १ सय ९३ ले दैनिक बचत गर्ने गरेको संस्थाले जनाएको छ । संस्थाको सेयर पुँजी २ करोड ५ लाख १० हजार पुगेको छ । गत वर्ष १ करोड ८३ लाख १० हजार रुपैयाँ थियो । कोषाध्यक्ष कविता पौडेल माझीले कोभिडले लक्ष्यमा पुग्न नसभेको भन्दै आगामी दिनमा लक्ष्यमा पुग्ने बताइन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका संचालक टेकप्रसाद चौलागाइ, काठमाण्डौ महानगरपालिका वडा १४ की अध्यक्ष शोभा सापकोटा, जिल्ला सहकारी संघका सचिव बालकुमार बास्तोला, काठमाण्डौ जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष नवराज अर्याललगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा सदस्यका छोरा छोरी मध्ये उत्कृष्ट अंक ल्याउने २ जना, असल बचतकर्ता तथा ऋणीलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका सचिव श्याम सापकोटाले संचालन गरेका थिए ।
नयाँ सञ्चालक समिति
संस्थाले नयाँ संचालक समिति चयन गरेको छ । केदारनाथ सापकोटाको अध्यक्षतामा ७ जनाको संचालक तथा लेखासुपरिवेक्षण समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा निर्मला पौडेल, सचिवमा श्याम सापकोटा, कोषाध्यक्ष कविता पौडेल(माझि) चयन भएका छन ।
त्यसैगरी सदस्यमा सुविन लामा, सृजन हुमागाइ र ज्ञानुकाजी महर्जन चयन भएका छन् । त्यसैगरी लेखा समितिको संयोजकमा टेक बहादुर बम तथा सदस्यहरुमा धनबहादुर कालिराज र अच्युत अधिकारी चयन भएको संस्थाका कार्यकारी प्रमुख विजय सापकोटाले जनाए ।
Leave a comment