काठमाण्डौँ । नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले गौतम खनालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।
एघार सदस्यीय समितिको उपाध्यक्षमा श्याम कृष्ण श्रेष्ठ, सचिवमा चिरञ्जीवी सिंखडा, कोषाध्यक्षमा बसन्तकुमार पण्डित निर्वाचित भएका छन् ।
त्यसैगरी समितिको सदस्यमा, राजेन्द्र भण्डारी, लक्ष्मी चालिसे, कल्पना श्रेष्ठ, गमान तामाङ्ग, जीवन श्रेष्ठ, लक्ष्मण कुईंकेल रहेका छन् ।संस्थाको लेखा सुपरिवेक्षण समिति संयोजकमा बालकृष्ण श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा विष्णुहरि फुयाल र प्रतिमा लामा रहेका छन् ।
सभामा संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठले २०५४ सालमा स्थापना भएको नयाँपाटी साकोसको हालसम्म आइपुग्दा ७ करोड रुपैया वितरण गर्नु नपर्ने रकम विभिन्न कोषमा जम्मा भइसकेको बताए ।
सदस्यहरुको सामाजिक उन्नति, व्यक्तित्व विकास र पारिवारिक जीवनस्तर उकास्नका लागि संस्थाले उल्लेख्य भूमिका निर्वाह गर्दै आएको उनले बताए ।
संस्थाले बचतऋणका अलावा सदस्यहरुलाई कोभिड १९ को महामारी, दैवी प्रकोप, भुकम्प, दुर्घटना, मृत्यु जस्ता सबै अवस्थामा घरदैलोमा नै गएर सेवा प्रदान गर्दैै आएको उनले जनाए ।
संस्थाले सेवालाई गुणस्तरीय र प्रविधिमैत्रि बनाउन, एटीएम मेसिन, स्मार्ट बैंकिङ, इ–पे मेसिन र स्मार्ट काउण्टर जस्ता थुप्रै सुविधा सञ्चलनमा ल्याइसकेको उनले जनाए ।
संस्थाले स्वास्थ्य शिविर, सदस्य शिक्षा, रक्तदान, कृषि तालिम जस्ता कार्यक्रम सञ्चलान गरी सदस्य र समुदायलाई लाभान्वित तुल्याउँदै आएको उनले जनाए । संस्थाका सचिव चिरञ्जीवी सिंखडाले वार्षिक प्रगति प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।
त्यसैगरी कोषाध्यक्ष उत्तम खड्काले आ. व. २०७७।७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत असारमसान्तसम्म संस्थाको शेयरपुँजी ११ करोड ६७ लाख ६२ हजार, बचत संकलन ७४ करोड ४० लाख, ऋण लगानी ७६ करोड ८७ लाख गरी खुद नाफा २ करोड ८० लाख ११ हजार गर्न सफल भएको जानकारी दिए ।
संस्थाले सदस्यहरुलाई गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश दिने भएको छ भने असारमसान्तसम्म संस्थाको कुल वासलात १ अर्ब ४ करोड १३ लाख पु¥याउन सफल भएको छ ।
संस्थाले यस आ.व.मा कार्यक्षेत्रभित्र सदस्यता वृद्धि गर्ने , कृषि तथा सहकारी उपसमितिमार्फत कृषि सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्ने र उपयक्त थप एटिएम मेशिन जडान गर्ने जनाएको छ ।
त्यसैगरी कृषि व्यवसायमा ८ प्रतिशत ब्याजदरमा २ करोड ५० लाख लगानी गर्ने , पर्यटन क्षेत्रमा ११ प्रतिशत ब्याजदरमा १ करोड ५० लाख, प्राविधिक शिक्षा अध्ययन गर्नेका लागि १० प्रतिशत ब्याजरदमा १ करोड, व्यापार व्यवसायमा १० प्रतिशत ब्याजदरमा १० करोड, डाक्टर, इन्जिनिय, वकिल, प्रधानाध्यापकहरु मध्ये १० जनालाई ९.५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म अटोलोन दिने भएको छ ।
त्यसैगरी आर्थिक अवस्थाका कमजोर भएका शेयरसदस्यका छोराछोरीलाई ल्यापटपका लागि ७५ हजारसम्म र स्मार्ट मोबाइल खरिद गर्न २५ हजारसम्म ऋण दिने भएको छ ।
काठमाण्डौ जिल्लाभर कार्यक्षेत्र रहेको उक्त संस्थाले लघुवित्त समुहमार्फत समुदायमा पछाडि परेका महिलाहरुको आर्थिक तथा सामाजिक उत्थानमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आएको छ
Leave a comment