काठमाडौं । पुरानो सिनामंगलमा रहेको पाँच तारा बचत तथा ऋण सहकारीले सुरु गरेको एक हजार हातमा, खुत्रुकेको साथमा अभियान अन्तगर्त फेरी एकजना सदस्यले खुत्रुके र नगद पाएका छन् ।
संस्थाले सदस्यको घरमा नवजात शिशुको आगमनको खुसियालीमा यो अभियान सुरु गरेको थियो । सदस्यको घरमा नवजात शिशुको जन्ममा एक हजार रुपैंया खुत्रुकेमा राखेर दिने चलन चलाएको संस्थाकी ब्यवस्थापक राधा कडरिया (पाठक) ले बताइन ।
यसै अभियान अन्तर्गत पौष ५ गते सोमबार जन्मीएका संस्थाका सदस्य सरोज भण्डारीको छोरी जन्मिएकोले संस्थाले उनकी छोरीलाई एक हजार रुपैंया र खुत्रुके प्रदान गरेको छ ।
सहकारीले सदस्इको आर्थिक सामाजिक र सास्कृतिक पाटोमा पनि ध्यान दिएर यस्ता काम गर्नु पर्ने ब्यवस्थापक कडरिया बताउँछिन् ।
Leave a comment