विराटनगर । विराटनगरको रानीमा रहेको जागरुक बचत तथा ऋण सहकारीले सहकारी शिक्षा कार्यक्रमलाई तीव्रता दिएको छ । आफ्नो कार्यक्षेत्रमा रहेका विभिन्न ठाउँमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेकोसहकारीका सचिव उमेश गुरुङले जानकारी दिए ।
आफ्नो शेयर सदस्यहरुलाई सहकारीकोको बारेमा जानकारी दिनुका साथै सहकारीमा बचत गर्दा हुने फाईदाको बारेमा जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको जनाईएको छ ।
सहकारीहरुले आफ्ना शेयर सदस्यहरुलाई सहकारी शिक्षा दिनुपर्ने प्रावधान पनि रहेको छ । सहकारी शिक्षाको लागि छुट्टै कोष स्थापना गर्नुपर्ने व्यवस्था पनि छ ।
धेरै शेयर सदस्यहरुलाई सहकारीको सात सिधान्त्तको बारेमा जानकारी नहुने भएकाले पनि सहकारी शिक्षा कार्यक्रम आवश्यक पर्ने गुरुङले बताउनुभयो ।
आफुले बचत गरेको पैशा, आफ्नो संस्थाको बारेमा शेयर सदस्यलाई चासो होस् भन्ने उदेश्य पनि आफुहरुको रहेको उनले बताए ।
सहकारी शिक्षा कार्यक्रमको प्रमोद केसि, दामोदर निरौला,सोनि साह र अम्विका दाहालले सहजीकरण गरिरहेका छन् । कार्यक्षेत्रका विभिन्न पाँच ठाउँमा कार्यक्रम सञ्चालन गरिने जनाईएको छ ।
Leave a comment