विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ को झोराहाटमा रहेको सहकारी संस्था लिमिटेडको ३४ औं साधारणसभा सम्पन्न भएको छ ।
सहकारीले गत आर्थिक वर्षमा शुद्ध नाफा ४६ लाख १४ हजार ५९० रुपैँया आर्जन गरेको छ । सहकारीको शेयर पुँजी ८३ लाख ६९ हजार ३३० रुपैँया छ भने निक्षेप १३ करोड २४ लाख ३३ हजार दुईसय ९८ रुपैया रहेको छ ।
साधारण सभाको अवसरमा सहकारीले पत्रकार सम्मान, उत्कृष्ट ऋणी सम्मान, उत्कृष्ट बचतकर्ता सम्मान, ज्येष्ठ नागरिक सम्मान, सेयर सदस्यका छोराछोरी मध्ये प्लस टुमा उच्च अंक ल्याई उतिर्ण हुने बिधार्थीलाई सम्मान गरेको छ ।
कार्यक्रमका ग्रामथान गाउँपालिकाका प्रशासकिय अधिकृत गणेश बहादुर कार्की,विशिष्ट अतिथि जिल्ला सहकारी संघ मोरङका लेखा संयोजक तथा प्रदेश बचत संघका सचिव लक्ष्मि सापकोटा, जिल्ला सहकारी संघ मोरङका सल्लाहकार रामचन्द्र गौतम, ग्रामथान गाउँपालिका वडा नं २ का अध्यक्ष कृष्ण कुमार माझी लगायतले शुभकामना मनतव्य व्यत्तः गर्नुभएको थियो ।
सहकारीले २०२४ सालमा श्री बसन्त बहुमुखी सहकारी संस्थाको रुपमा दर्ता भई कारोबार सुरु गरेको थियो । यस सहकारीले कृषिजन्य सामाग्रीहरु खरिद बिक्रि, रेमिटान्स सेवा, बचत संकलन तथा ऋण प्रवाह लगायत कार्यहरु गर्दै आईरहेको छ ।
सहकारीले साविकका झोराहाट, सिध्राहा, लखन्तरी र बैजनाथपुर गा.वि.स.लाई कार्यक्षेत्र बनाएर काम गर्दै आईरहेको छ । सहकारीले यस क्षेत्रको कृषि तथा वित्तिय कारोबारमा स्थानियलाई सेवा प्रवाहबाट ठुलो सहयोग पुर्याएको जनाएको छ । संस्थाको कुल सदस्य संख्या ६ सय ५७ रहेको छ ।
Leave a comment