झापा । बिर्तामोडमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा अन्तर्गत ईकाई साधारणसभा प्रारम्भ गरेको छ । पुष २१ गतेसम्म १४ वटा इकाईगत साधारणसभा सञ्चालन गरी पुस २५ गते अन्तिम माइन्युट प्रमाणिकरण साधारणसभा सम्पन्न हुनेभएको हो ।
पहिलो दिन बिर्तामोडमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष टसबहादुर प्रधानले वार्षिक कार्यप्रगति प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका सदस्य मनकुमार बेघाले प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष प्रधानले संस्थाको जगेडा तथा अन्य कोषहरुमा १५ करोड ४८ लाख ३३ हजार ९७ रुपैयाँ रहेको जनाएका छन् ।
संस्थाको बचत एक अर्ब ५१ करोड १६ लाख २० हजार ३७६ रुपैयाँ र लगानीमा रहिरहेको कर्जा दुई अर्ब ८० करोड ८६ लाख २९ हजार ७८४ रुपैयाँ पुर्याइएको जनाइएको छ ।
संस्थाले भिजन २०८० का लागि निर्धारित लक्ष्य एवम् अधिकांश सूचकहरु गतवर्ष नै पूरा गरिसकेकाले पुनरावलोकन गरिएको जनाएको छ। यस्तै आधुनिक प्रविधिको माध्यमबाट सदस्यहरुलाई वित्तीय प्रवाह गरिरहेकोले नगदरहित कारोबार गर्ने सदस्यहरुलाई उत्साहित पनि गरिएको जाइएको छ ।
Leave a comment