झापा । राम जानकी कृषि सहकारी संस्थाले उद्देश्य परिवर्तन गर्ने निणर्य गरेको छ । संस्थाको १३औं वार्षिक साधारणसभामा प्रस्ताव पेश गर्दै संस्थाले उद्धेश्य परिवतन गरि बचत तथा ऋण सहकारी बनाउने प्रस्ताव लगेको हो । संस्थाका अध्यक्ष दलबहादुर कार्कीले सचालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै सोको प्रस्ताव गरेका थिए ।
२०६५ सालमा २९ जना शेयर सदस्यबाट एक लाख ४१ हजार शेयर पुँजी र दुई हजार ३१० रुपैयाँ निक्षेप संकलन गरी स्थापना गरिएको सो सहकारीमा आर्थिक बर्ष २०७७÷०७८ असार मसान्तसम्म ६ हजार २७० जना शेयर सदस्य बनाइएको अध्यक्ष कार्कीले जनाए ।
संस्थाको शेयर पुँजी एक करोड ५७ लाख ९९ हजार ८०० रुपैयाँ, निक्षेप १४ करोड ९१ लाख १५ हजार १५ रुपैयाँ, सदस्यमाझ लगानीमा रहेको कर्जा रकम १५ करोड ७६ लाख २६ हजार ४४८ रुपैयाँ रहेको अध्यक्षले जनाए ।
संस्थाको जगेडा तथा अन्य कोषमा ८० लाख ३ हजार ९४४ रुपैयाँ रहेकोछ भने विभिन्न बैंक तथा संस्थाहरुमा १० लाख १४ हजार ७०० रुपैयाँ लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाको कूल मुनाफा २५ लाख ३१ हजार २९२ रुपैयाँ, स्थिर सम्पत्ती ४० लाख ३० हजार २४४ रुपैयाँ, बाह्य ऋण एक करोड २० लाख १५ हजार ६५९ रुपैयाँ र वासलात १८ करोड ९१ लाख ४४ हजार ८६४ रुपैयाँ रहेको जनाइएको छ ।
झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको संस्थाको बितामोड, सुरुङ्गा, हल्दिबारी, चकचकी, कामटोली, चन्द्रगढी र शनिश्चरेमा गरी ७ वटा स्थानमा सेवा केन्द्र सञ्चालनमा रहेका छन् । कार्यक्रम संस्थाका ब्यवस्थापक शुक्रराज भण्डारीले सञ्चालन गरेका थिए ।
Leave a comment