जिल्ला संघद्धारा दुई दिने धितो मुल्यांकन तालिम प्रदान

जिल्ला संघद्धारा दुई दिने धितो मुल्यांकन तालिम प्रदान :: Sahakari Akhabar

चरिकोट । जिल्ला सहकारी संघ दोलखाले २ दिने धितो मुल्यांकन तालिमको आयोजना गरेको छ । पुष ३ गतेदेखि सुरु भएको तालिम ४ गते समापन हुनेछ ।

तालिममा जिल्लाका विभिन्न सहकारी संघ÷संस्थाका ४० जाना प्रमुख, ब्यवस्थापक तथा सञ्चालक समितिका पदाधिकारीको सहभागिता रहेको छ ।

नापि कार्यालयका प्राविधिक कृष्णप्रसाद वाग्ले, मालपोत कार्यालय प्रमुख मुरारीप्रसाद दुलाल र ईन्जिनियर सुरेश राउतले प्रशिक्षण दिने छन्।

जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्तकुमार चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रमको पुर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले उद्धघाटन गरेका थिए ।

कार्यक्रममा बागमति प्रदेशका पुर्व सामाजिक विकास मन्त्री सरस्वती बस्नेत तथा पुर्ब सामाजिक मन्त्री सरस्वती बस्नेत, बागमति प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिवशराज खड्काले तालिमको सफलताको शुभकामना दिएका थिए ।



Leave a comment