दाङमा दुइवटा सहकारी एकिकरण 

दाङमा दुइवटा सहकारी एकिकरण  :: Sahakari Akhabar

छरिएर रहेका सहकारीलाई मर्ज गर्ने सरकारको नीति अनुरुप तुलसीपुरमा पहिलो पटक दुई सहकारी एकिकरण भएको बताए । एउटै उद्देश्य भएका सहकारी संस्थासंग एकीकरणको अभियानलाई निरन्तर अगाडि लैजाने नीति नगरको छ ।

दाङ । दाङमा सहकारी मर्जर अभियान थालिएको छ । पहिलो चरणमा दाङको तुलसीपुरमा रहेका दुई सहकारीबीच एकीकरण (मर्ज) भएको छ ।

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र सप्तरंगी बहुमुखी सहकारी संस्था लिमिटेड बीच एकीकरण भएको हो । तुलसीपुर–७ मा रहेको हाम्रो पहुँच र तुलसीपुर–१७ मा रहेको सप्तरंगी सहकारी शुक्रबार औपचारिक रूपमा एकीकरण भएका छन ।

तुलसीपुर उपमहानगरपालिकाको सहकारी ऐन २०७४ को दफा ६ को उपदफा १ बमोजिम दुई सहकारी बीच एकीकरण भएको प्रमाणपत्र नगरप्रमुख घनश्याम पाण्डेले हस्तान्तरण गरेका हुन ।

नगरप्रमुख पाण्डेले संघ, प्रदेश र स्थानीय सरकारको सहकारी मर्जको नीति अनुरुप नै तुलसीपुर उपमहानगरपालिकामा पहिलो पटक हाम्रो पहुँच र सप्तरंगी एकीकरण भएको बताए ।

एकीकरणपछि पनि सहकारीको नाम हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेको अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिए ।

दुई सहकारी मर्जलाई अन्तिम रुप दिन दुवै सहकारीको प्रक्रिया गत वर्षदेखि नै सुरु भए पनि तुलसीपुर उपमहानगरपालिकामा एकीकरणसम्बन्धि कानुन निर्माणमा ढिलाई भएका कारण केहि ढिला गरी एकिकरण भएको उनले बताए ।

छरिएर रहेका सहकारीलाई मर्ज गर्ने सरकारको नीति अनुरुप तुलसीपुरमा पहिलो पटक दुई सहकारी एकिकरण भएको बताए । एउटै उद्देश्य भएका सहकारी संस्थासंग एकीकरणको अभियानलाई निरन्तर अगाडि लैजाने नीति नगरको छ ।

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष विजय सुवेदीले दुवै सहकारीको एकिकरणपछि वासलात १५ करोड पुगेको बताए ।

दुई सहकारीको एकीकरणपछि करिब दुई हजार ५०० सेयर सदस्य पुगेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले जानकारी दिए । तुलसीपुर–१८ दुधरासमा एकीकरणपछिको पहिलो सेवा केन्द्र छिट्टै संचालन गर्ने तयारी गरिएको छ ।



Leave a comment