सहकारी बैंकको वार्षिक प्रतिवेदनको डिजिटल प्रति प्रकाशित

सहकारी बैंकको वार्षिक प्रतिवेदनको डिजिटल प्रति प्रकाशित :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले १८ औं बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकको १८ औं बार्षिक साधारण सभामा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७ ०७८ को वार्षिक प्रतिवेदनको डिजिटल प्रति सार्वजनिक गरेको हो । बैंकको साधारण सभा पुष १६ गतेबाट शुरु हुनेछ । बैंकले सात एकाईमा साधारण सभा गर्दैछ ।

साधारण सभाको एकाई बैठकका प्रतिनिधिहरुको निर्णय प्रमाणित गर्ने सभा (केन्द्रीय) पुष ३० गते काठमाडौंमा गर्ने बैंकले जनाएको छ । बैंकले सहकारी क्षेत्रमा पहिलो पटक नेपाल वित्त प्रतिवेदनमान अनुसार यो बर्षको बित्तिय प्रतिवेदन तयार गरेको छ ।

बैंकले सार्वजनिक गरेको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन अनुसार शेयर पुँजी २ अर्ब ८७ करोड पुगेको छ । यो पुँजी अघिल्लो आर्थिक वर्षको तुलनामा २९.२८ प्रतिशतले बढी हो । त्यस्तै अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप संकलन ४१.५१ प्रतिशतले बढेर ६६ अर्ब ३४ करोड पुगेको छ । त्यस्तै कर्जा तथा सापट ३२.०३ प्रतिशतले बृद्धि भई ३५ अर्ब ९१ करोड पुगेको छ ।

बैंकले यस वर्ष ब्याज आम्दानी ४ अर्ब ४३ करोड गरेको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २५.४८ प्रतिशतले बढी हो । २ अर्ब ६९ करोड ब्याज खर्च गरी १ अर्ब ६ करोड नाफा (कर अगाडि) गर्न बैंक सफल भएको छ । यो नाफा अघिल्लो बर्षको तुलनामा २४.२२ प्रतिशतले बढी हो ।

त्यस्तै अघिल्लो आर्थिक वर्षको तुलनामा २५.६० प्रतिशले खुद मुनाफा बृद्धि भई ९५ करोड ५५ लाख गर्न सफल भएको छ । बैंकको हाल १३ हजार ७ सय १२ सदस्य रहेका छन् । बैंकले यस वर्ष पनि १५ प्रतिशत लाभांश दिने प्रस्ताव साधारण सभामा पेश गर्दै छ ।



Leave a comment