मार्टमा सामान महँगो होला भन्ने अवधारणा हटाउदै ग्राहक आधार बलियो बनाउन साथीमार्ट सफल भएको छ । साथै मार्टले हालका लागि फ्रान्चाइज शुल्क र रोयल्टी नलिने रणनीति लिइ व्यापार बिस्तारमा जोड दिएको छ । त्यस्तै आउटलेटमा मेड इन नेपाल कलेक्सनलाई जोड दिइएको छ ।
काठमाण्डौ । साथीमार्टको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल नियुक्त भएका छन् । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा हमालले मार्टसँगको अवद्दतामा हस्ताक्षर गरेका हुन् ।
काठमाण्डौंमा मात्र मार्ट सफल हुन सक्छ भन्ने परम्परालाई हटाउँदै साथीमार्ट सुरुवातको १६ महिनामा सातै प्रदेशका सहरमा ७ दर्जन बढी आउटलेट सञ्चालन गर्दै काँकडभिट्टा देखि दार्चुला अनि जिरी देखि ढल्केबर पुग्न सफल भएको छ । मार्ट २०७७ भदौ ३० गते पहिलो आउटलेट खोलेर सुरु भएको नेपालकै फास्टेस्ट ग्रोइङ रिटेल चेन रहेको बताइएको छ ।
साथीमार्टको एफिटिएट मार्केटिङ
बेरोजगार तथा नेपालमै बसेर केहि गरौं भन्ने सोच भएका युवाहरुलाई लक्षित गरि साथीमार्टले बिना लगानी व्यापार सुरु गर्न सकिने र रेफर एण्ड अर्न गर्ने गरि साथीमार्ट एफिलिट स्टार्टअप प्लान’ सुरु गरेको छ ।
मार्टले यहि वर्ष ३० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ । साथी प्रडक्सनका उत्पादन र साथीमार्टमा उपलब्ध अन्य सामान रेफर गरि तीस प्रतिसतसम्म आम्दानी गर्न सकिने जनाएको छ ।
आईएसओ ९००१ र २०१५ प्रमाणित कम्पनी साथीमार्टले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलिएट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनहरुको वितरणमा आइएसओ स्ट्यान्डर्ड प्राप्त गरेको छ ।
हाल मोबाइलमा एण्ड्रोइड भर्सनमा साथीमार्टको मोबाइल एप उपलब्ध छ भने छिट्टै आइओएसमा पनि एप उपलब्ध हुने साथीमार्टका संस्थापक सिइओ बताउँछन् ।
साथीमार्ट प्रशासन सबै मार्टमा यस आर्थिक बर्षमा ३०० प्रतिशत सम्मको बिक्री बढाउने योजनामा रहेको छ । बिक्री बढाउन छुट, नेशनल कस्टमर मेम्बरसिप, एफिलिएट मार्केटिङ, नयाँ अफर, फल्यास सेल्स, मेड इन नेपाल कलेक्सन, पिक अप सुबिधा र अन्लाइन सेल्सलाई प्राथमिकता दिइएको बताइएको छ ।
मार्टमा सामान महँगो होला भन्ने अवधारणा हटाउदै ग्राहक आधार बलियो बनाउन साथीमार्ट सफल भएको छ । साथै मार्टले हालका लागि फ्रान्चाइज शुल्क र रोयल्टी नलिने रणनीति लिइ व्यापार बिस्तारमा जोड दिएको छ । त्यस्तै आउटलेटमा मेड इन नेपाल कलेक्सनलाई जोड दिइएको छ ।
Leave a comment