काठमाडौं । हेफर इन्टरनेशनल नेपालले सहकारीलाई कृषि उत्पादन ढुवानीका लागि गाढी वितरण गरेको छ । हेफरले यसअघि २८ वटा र हाल ४७ वटा गरी ७५ कृषि सहकारीलाई कृषि ढुवानीका साधन प्रदान गरेको हो ।
२२ देखि २४ लाखसम्म पर्ने गाडीको खरिदमा सहकारीले ५० प्रतिशत लगानी गर्छन् । हेफरका अनुसार प्रदेश १ बाट ४ , प्रदेश २ का २, लुम्बिनीका ९, गण्डकीका ९ वटा, लुम्बिनीका २० र कर्णलाीका ३ वटा सहकारीले सवारीसाधन पाएका हुन् ।
किसानले उत्पादन गरेका पशुवस्तु तथा अन्यकृषि उपजको ढुवानी मार्फत ४७ सहकारीमा आबद्ध ४५ हजार किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने छन् । यसबाट करिब ८२ करोड बराबरको कृषि उपजको बजारीकरण गर्ने लक्ष्य राखिएको छ ।
Leave a comment