बुढानीलकण्ठ नगरपालिका र सहकारीबिच तालिम तथा अन्तरक्रिया

बुढानीलकण्ठ नगरपालिका र सहकारीबिच तालिम तथा अन्तरक्रिया :: Sahakari Akhabar

काठमाण्डौ । बुढानीलकण्ठ नगरपालिका सहकारी शाखाले स्थानीय तहका सहकारीहरु बिच अन्तक्रिया तथा तालिम कार्यक्रम आयोजना गरेको छ । नगरपालिकाले जिल्ला सहकारी संघ काठमाण्डौको संयोजनमा दुइदिने तालिम सुरु गरेको हो ।

स्थानीय तह र सहकारी संस्थाहरु बिच सहकारी सम्वन्धि तालिम तथा अन्तक्रिया मंसिर २९ गतेबाट पुष १ गतेसम्म संचालन हुनेछ । कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका उपप्रमुख रमादेवि राइले सहकारीले सदस्यको पैशा फिर्ता नदिएको गुनासो दिन प्रतिदिन बढेको बताइन ।

उनले भनिन् “सहकारीले संकलन गरेको पैशा कहाँ लान्छन् । बच्चादेखि बृद्धसम्मले सहकारीले पैशा खाएर फिर्ता नदिएको गुनासो गरिरहेका छन् ।” सहकारीले बचतमा मात्र सिमित  नरहेर उत्पादनमा जाने काम गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका संचालक टेकप्रसाद चौलागाइले स्थानीय तहमा दोहोरो कार्यक्षेत्र भएका सहकारी पनि रहेको हुनाले नियमनमा समस्या आएको बताए । उनले स्थानीय तह र संघिय सरकारको सहकारी ऐन बाझिएको हुनाले सहकारी संचालन तथा नियमनमा समस्या देखिएको बताए ।

जिल्ला सहकारी संघ काठमाण्डौको बुढानीलकण्ठ नगर सहकारी समन्वय समितिका संयोजक मिठाराम अधिकारीको सभापतित्वमा सुरु भएको कार्यक्रममा अध्यक्ष ज्ञानबहादुर तामाङ, बरिष्ठ उपाध्यक्ष खेम सुबेदी संघका लेखा समिति संयोजक सुमन केसी उपाध्यक्ष सीता पौडेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीलगायत सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका लेखा समिति संयोजक धर्मदत्त देवकोटा, जिल्ला सहकारी संघ काठमाण्डौका अध्यक्ष ज्ञानबहादुर तामाङ, बरिष्ठ उपाध्यक्ष खेम सुबेदी तथा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले कार्यपत्र प्रस्तुत गर्ने छन् ।



Leave a comment