काठमाडौं । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको ७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २४ गते सम्पन्न सभामा संघले विविध क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरेको छ ।
राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दिपकप्रकाश बास्कोटालाई संघले सम्मान गरेको थियो । त्यस्तै नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहाललाई पनि संघले सम्मान गरेको छ ।
पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रको विकासका लागि उत्कृष्ट योगदान गरेवापत सहकारी अखबारका प्रधान सम्पादक दाहाललाई सम्मान गरिएको थियो ।
संघका अध्यक्ष मनोज थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले बहुउद्देश्यीयले उत्पादनमूलक र व्यवसायिक काम गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्याल, नेपाल बहुउद्देश्यीय सहकारी संघका सचिव माधव तिमल्सिनालगायतले मन्तव्य राखे । संघले उत्पादित वस्तुको भण्डारण तथा बिक्री वितरण गर्दै आएको छ ।
बजार विस्तार र प्रवद्र्धन कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । नवीनतम प्रविधिको प्रयोग गरी सदस्य सहकारी संस्थाको विकासका लागि संघले काम गर्दै आएको छ । कार्यक्रम संघका निवर्तमान अध्यक्ष तुलसीप्रसाद सापकोटाले संचालन गरेका थिए ।
Leave a comment